Live on
Your Voice, Your Power
तेलअभिभ- इरानले शनिबार गरेको आक्रमणपछि इजरायलको तेल अभिभ सहरमा कम्तीमा ४० वटा भवन क्षतिग्रस्त भएको खबर सार्वजनिक भएको छ। हार्टेज अनलाइनले सहरको नगरपालिका स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार २०० भन्दा बढी बासिन्दालाई घरबाट सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई तेल अभिभका तीनवटा होटलमा अस्थायी रूपमा राखिएको छ। आक्रमणपछि उद्धारकर्मी र सैनिकहरू घटनास्थलमा खटिएको तस्बिरहरू सार्वजनिक भएका छन्।…