युरोप « Khabarhub

हंगेरीमा कार्यरत बेलायती सहायक राजदूतको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

काठमाडौं -  हंगेरीमा कार्यरत बेलायती दूतावासका सहायक राजदूत स्टिभन डिकको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । ३७ वर्षीय डिकको हंगेरीस्थित बुढापेस्टमा कोरोना भाइरस संक्रमणकै कारण मंगलबार निधन भएको विदेश विभागले पुष्टी गरेको हो । उनी गत डिसेम्बरदेखि हंगेरीमा कार्यरत थिए। विदेश विभागले उनको निधनमा दु;ख ब्यक्त गरेको छ बीबीसीले जनाएको छ ।