समाचार « Khabarhub

जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने

काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने बताएकी छिन् । उनले ज्यान गुमाएका परिवारलाई आवश्यक राहत समेत दिने बताइन् । कार्कीले घाइतेहरूको उपचार निःशुल्क गर्ने र उपचारमा सहयोगी रहेका परिवारलाई समेत केही राहत दिने बताइन् । प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा मृतकको शव लैजान चाहनेलाई यातायात खर्चको सुविधा समेत उपलब्ध गरिने बताइन्…