Live on
Your Voice, Your Power
कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक आशिष अधिकारीको मृत्यु भएको छ। स्थानीय पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लु १ क ०८४५ नम्बरको ट्याङ्कर सडक छेउको रुखमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल, बुटवलमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।…