समाचार « Khabarhub

सबै दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ : गृहमन्त्री

सुदूरपश्चिम– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् । धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले संविधान दश वर्षमा समीक्षा र मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे। …