समाचार « Khabarhub

श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण

भोजपुर- पक्की सिँचाइ कुलो बनेपछि भोजपुर नगरपालिका–६ भङ्गेरीवासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित रु ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौदेखि पानीको समस्या झेल्दै आएका किसानलाई  सहजता भएको हो ।  यहाँ केन्द्र सरकार, प्रदेश सरकार, स्वीस सरकार र स्थानीय सरकारको लागत साझेदारीमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण गरिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए…