Live on
Your Voice, Your Power
अर्घाखाँची– अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शीतगङ्गा नगरपालिका–१४ जलुकेपानीमा लु२च ७९३२ नम्बरको जीप र लु६प ७९३१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका २८ वर्षीय नियाज मुसलमानको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायब निरीक्षक शालिकराम खनालले जानकारी दिए। …