Live on
Your Voice, Your Power
झापा– झापाको मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या जिल्लाको अन्य पालिकाको तुलनामा अत्याधिक पाइएको छ । मिर्गौलाका बिरामीको डायलासिस उपचारका लागि सबैभन्दा धेरै शय्यामा उपलब्ध गराउँदै आएको भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हाल मेचीनगरका ८५ जना बिरामीले नियमित डायलासिस सेवा लिइरहेका छन् । उक्त अस्पतालमा उपचाररत डायलासिस गराइरहेका बिरामी २२१ जना रहेका छन् ।…