Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अमरेन्द्र बहादुर सिंहलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । गृहमन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिको हिजो (बुधबार) बसेको बैठकले एसपी सिंहलाई जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवा सिफारिस गरेको हो । सिंहलाई केहि दिनअघि जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको थियो ।