समाचार « Khabarhub

भूमिहीन सुकुम्बासीको हकका लागि सर्वोच्चमा रिट दायर, भोलि सुनुवाइ

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले देशभरका सुकुम्बासीहरूको न्याय र आवास अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।  उक्त रिटको सुनुवाइ भोलि वैशाख १५ गतेका लागि तोकिएको छ। रिटमा मिति २०८३ वैशाख ९ गते प्रधानमन्त्रीको निर्देशन बमोजिम भएका वा हुन सक्ने सबै कामकारबाही र त्यसका परिणाम उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ। …