समाचार « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा मुछिएकी ढकाललाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ– विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेकी उमाकुमारी ढकाललाई रु दुई लाख धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि आज उक्त धरौटी लिएर छाडने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए…