समाचार Archives | Page 80 of 8390 | Khabarhub Khabarhub

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी घोटालाका आरोपी जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै सरकारलाई आलोचना गरेका छन्। शाहीले फेसबुकमार्फत सरकारलाई चुनौती दिँदै भनेका छन्, “पहिले जीबी राईलाई पक्रेर देखाऊ, त्यसपछि मात्र देश चलाउने कुरा गर।” तीनपटक गृहमन्त्री फेर्दासमेत पीडितले न्याय नपाउनु सरकारको नालायकीपनको प्रमाण भएको उनले लेखेका छन् ।…