समाचार « Khabarhub

नक्कली भ्याट बिल बनाइ ठगी गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा 

काठमाडौं– राजश्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा बिजक जारी गरेको अभियोगमा काठमाडौँ सीतापाइलास्थित पद्म कोलनीमा बस्‍ने रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो…