समाचार « Khabarhub

आर्यघाटमा दैनिक ४० शव, मलामीको घुइँचोमा संक्रमणको जोखिम

काठमाडौँ—  बुधबार बिहान ११ बजे पशुपति आर्यघाट पुगेका बालाजुका राम यादव बेलुकी ७ बजेमात्र घर फर्किन सके । उनी छिमेकीको मृत्युमा मलामी गएका थिए । शव जलाउने पालो ३ घण्टापछि मात्र आयो । ‘सबै काम सक्दा साँझ भयो, समयमै पालो पाएको भए ४ बजेतिर नै फर्किसक्थेँ,’ उनले भने, ‘पहिले शव जलाउन यसरी पालो कुर्नु पर्दैनथ्यो…