समाचार « Khabarhub

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको ठूलो परिमाणको क्लिङ्कर हिनामिना प्रकरणमा ८ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७४/७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कुल ३८ हजार ७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको निष्कर्ष निकालेको छ । जसको लागत मूल्य ४६ करोड ५२ लाख ७४ हजार…