Live on
Your Voice, Your Power
जनमत सङ्ग्रहमा धाँधली गरेर निर्दलीय व्यवस्थालाई जिताइए पनि त्यसपछिको पञ्चायती व्यवस्था धेरै खुकुलो थियो । दलहरूका सामान्य गतिविधिप्रति सत्ताले वास्ता गर्न छाडेको हो कि जस्तो देखिन्थ्यो । नेपाली कांग्रेसले काठमाडौँको जमलस्थित एउटा सानो घरमा केन्द्रीय कार्यालय चलाएको थियो । कार्यालयमा साइन बोर्ड भने राखिएको थिएन । सभापति कृष्णप्रसाद भट्टराई आफ्ना सहयोगी वासु रिसाल र योगप्रसाद…