Live on
Your Voice, Your Power
काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा कालीगण्डकी डाइभर्सन परियोजना कार्यालयको उद्घाटन गरेसँगै परियोजनाको विरोध भएको छ । कालीगण्डकी सरोकार युवा समूहले काठमाडौFमा बिरोध प्रदर्शन गरेको हो । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना जनविरोधी, सभ्यताविरोधी भएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले 'कालीगण्डकी डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, 'काली डाइभर्सन हुन दिँदैनौं’ लगायतका नारासहितका प्लेकार्ड बोकेका…