Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा अबको संसद अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । माओवादीले बैठकमा उपस्थित हुन सबै सदस्यहरूलाई ह्वीप जारी गरेको छ ।