राजनीति « Khabarhub

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ?

नेपालको संविधानमा पूर्वराष्ट्रपतिहरूको भूमिकाबारे स्पष्ट व्यवस्था छैन । विश्वका केही मुलुकमा पूर्वराष्ट्रपतिहरू परामर्शदाताको भूमिकामा सक्रिय रहन्छन्, सामाजिक कार्यमा संलग्न हुन्छन् वा पुनः पार्टी राजनीतिमा फर्कन्छन् । नेपालमा भने राष्ट्रपतिको पदलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्ने अपेक्षा गरिन्छ । अहिलेहाल सत्तारुढ एमालेको राजनीतिमा फर्कन खोजिरहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका हकमा पनि एक पक्षले यस्तै अपेक्षा गरिरहेको छ ।…