फुटबल « Khabarhub

श्रीलंका विरुद्ध नेपालको पहिलो गोल

काठमाडौं– नेपालले श्रीलंका माथि एक गोल प्रहार गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा बुधवार नेपालले श्रीलंका माथि ३५ मिनेटमा अग्रता बनाएको हो । नेपाली खेलाडीमाथि श्रीलंकाका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीलाई सुजलले जाली चुमाएका थिए । यसअघि हिजो भुटानमाथि नेपालले ४ –० को शानदार जीत निकालेको थियो ।