Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । आर्मीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले मात्रै ४८ ओभरमा १ सय ९० रन बनाउन सक्यो ।…