Uncategorized « Khabarhub

अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान, केन्द्रमै फौजीको आक्रमण

चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ । देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् । उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् । विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा सङ्कलन गरेको जनाएको छ ।…