देश/प्रदेश Archives | Page 1737 of 2053 | Khabarhub Khabarhub

गेरुवा गाउँपालिकाका वडाध्यक्ष चौधरीको निधन

बर्दिया- बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर चौधरीको निधन भएको छ । उच्च रक्तचापका कारण उपचारका क्रममा उनको बुधबार निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)समर्थित चौधरीको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिए ।