Live on
Your Voice, Your Power
चरिकोट- प्रहरीले दोलखामा थप ३ किलो सुन बरामद गरेको छ । जिल्लाको विगु गाउँपालिका ३ जामुनेबाट ३ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ । चीनबाट अवैध रुपमा तस्करी गरी लुकाएर राखेको अवस्थामा केशर तामाङको कोठाबाट उक्त परिमाणको सुन बरामद गरिएको हो । सुन तस्करीको अनुसन्धानका क्रममा तामाङ गत बुधबार पक्राउ परेका थिए ।