Live on
Your Voice, Your Power
काठमाडौं– सडक दुर्घटनामा परी भारतमा १ जना नेपालीको ज्यान गएको छ । भारतको पञ्जाव प्रान्तमा भएको ट्रक दुर्घटनमा परी कैलालीको मोहन्याल गाउँपालिका धमकोट घर भएका २२ वर्षीय झलक बमको ज्यान गएको हो । बम दुर्घटनामा परेको ट्रकका चालक थिए । दुर्घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ ।