Khabarhub

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते

सोलुखुम्बु- सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक घाइते भएका छन्। खुम्बु पासाङल्हामु गाउँपालिका–४ क्याङजु क्षेत्रमा लडेर डेनमार्ककका ६१ वर्षीय नागरिक फ्र्याङ्क थोर्बोल लार्सन घाइते भएका हुन्। उनी हिमालयन ट्रेकिङ प्रालिमार्फत सगरमाथा क्षेत्र घुम्न गएका थिए। सगरमाथा आधार शिविर भ्रमण गरी फर्किने क्रममा खुट्टा चिप्लिएर लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी…