Live on
Your Voice, Your Power
काठमाडौं - उपत्यकाका केही ठाउँमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका काठमाडौं र ललितपुरमा बर्डफ्लू संक्रमण पुष्टि भएको हो। काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट, तारकेश्वर नगरपालिका र ललितपुरको खुमलटारमा पालिएको कुखुरामा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार शुक्रबार लतिपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो सङ्क्रमण पुष्टि भएको थियो।…