समाचार Archives | Page 7140 of 8292 | Khabarhub Khabarhub

कोभिड–१९ फोकल पर्सनमा श्रेष्ठ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ फोकल पर्सनको जिम्मेवारी डा. महेन्द्र श्रेष्ठलाई तोकेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई जिम्मेवारी तोकेका हुन्। मन्त्रालयका बाह्रौँ तहका कर्मचारी श्रेष्ठ यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए। उनको त्यहाँबाट केही महिनाअघि मन्त्रालयमा सरुवा भएको थियो।