समाचार « Khabarhub

आयरल्याण्डबिरुद्धको टी – ट्वान्टी सिरिज अफगानिस्तानलाई

काठमाडौं - आयरल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज अफगानिस्तानले एक खेल अगाबै जितेको छ । भारतको नोएडामा आइतबार भएको दोस्रो टी-ट्वान्टीमा २१ रनको जित निकाल्दै अफगानिस्तानले एक खेल अगाबै सिरिज २-० ले जितेको हो। अफगानिस्तानले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो…