आजका समाचार : सत्ता गठबन्धनमा हलचलदेखि एकै समूहबाट ३२ क्वीन्टल सुन तस्करीसम्म | Khabarhub Khabarhub

आजका समाचार : सत्ता गठबन्धनमा हलचलदेखि एकै समूहबाट ३२ क्वीन्टल सुन तस्करीसम्म


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ– यो गठबन्धन लामै समय जान्छ, तलमाथि हुँदैन

नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यको कोसिस भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन् ।

‘बाहिर सञ्चारमाध्यममा आएका कुरा हल्ला मात्रै हुन् । हामी अहिले पनि सत्ताका सहयात्रीबीच संवादमा छौँ’, दाहालको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘बाहिरका हल्ला र भित्रका कुराबारे प्रधानमन्त्रीले जानकारी दिनु भयो ।’

‘यो सरकार लिसोभन्दा दह्रो भएको छ, पूराका पूरा चल्छ’

ओलीले बोलाएपछि बालकोटमा उपप्रधानमन्त्री महासेठ

सञ्चारमन्त्री शर्माको जवाफ  :  सरकारबारे हल्ला चलाएर मिडिया ट्रायल गरियो

ओलीले बोलाए आफ्ना मन्त्रीहरूलाई बालकोट

प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस

प्रधानमन्त्रीले गरे प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्‌घाटन

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नेताद्वयबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।


प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच हिजो पनि सिंहदरबारमा झण्डै २ घण्टा छलफल भएको थियो । हिजोको छलफलमा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।

यसअघि, शनिबार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । पछिल्ला तीन दिनमा नेताहरुको छलफल र भेटघाटले तीव्रता पाउँदा राजनीतिमा कुनै परिवर्तन त आउँदै छैन भन्ने आम चासो बढेको छ ।

सत्ता सहकार्य नजिक कांग्रेस-एमाले, ओलीलाई देउवाको प्रस्ताव : तपाईं प्रधानमन्त्री बन्नू

नागरिक उन्मुक्ति पार्टीे संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो, गंगाराम चयन

ओली भन्छन्- यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन

सत्ता समीकरण फेरिने हल्ला मात्र हो : गृहमन्त्री लामिछाने

ओली भन्छन् : २०८४ मा सबैतिर जितेर एमालेले शासन हातमा लिन्छ

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

बीआरआई अन्तर्गतको परियोजनामा अनुदानमात्रै अघि बढाउनुपर्छ : कांग्रेस
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिँया सहयोग कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गतको परियोजनामा अनुदानमात्रै अगाडि बढाउनु पर्ने बताएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले ९बीआरआई० अन्तर्गतको परियोजनामा अनुदानमात्रै अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको हो ।

‘सरकारले बीआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेश मन्त्री आएका बेला छलफल भएको सन्दर्भमा बैठकमा छलफल भयो ।

पदाधिकारीलाई देउवाको ब्रिफिङ- ओलीसँगको कुराकानी सकारात्मक छ

सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत

महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने

गिरिजासंग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा राख्न कांग्रेसको आग्रह

प्रतिमाको प्रश्न-के सरकार व्यवसायीलाई पनि विदेशिन बाध्य बनाउँदैछ र?

उद्योगमन्त्री भण्डारीलाई कांग्रेसको १७ बुँदे माग पत्र

सङ्क्रमणकालीन विषय टुंगो लगाउन कार्यदल गठन
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई टुंगो लगाउन कार्यदल गठन भएको छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुंगो लगाउन सहमति भएको हो ।


सोही सहमतिपश्चात टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न आइतबार तीन दलबाट एक(एक जना सदस्य रहेको कार्यदल गठन गरिएको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेबाट आफू र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।

कार्यदललाई छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिइएको छ । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने छ ।

विद्युतीय सामाग्री र ब्रेक सुमा ल्याइएको ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष

सीआईबी प्रमुख भन्छन् : ६० किलो सुन तस्करीमा महरा र दीपेश पुनको संलग्नता देखिएन

जुसको बट्टामा सवा दुई किलो कोकिन, ठमेलको होटलबाट दुई विदेशी समातिए

नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा

देशभरका पत्रकार महासंघमा प्रेस युनियनको धर्ना

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल गठन
नेकपा (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो ।

अध्यक्षमण्डलमा डा वेदुराम भुषाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुषाल, महबुज आलम र गणेश विक सदस्य रहेका छन् ।

लोकतान्त्रिक-कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने माधव नेपालको चाहना

मेयर-वडाअध्यक्ष टकराव : अन्योलमा काठमाडौंको नीति तथा कार्यक्रम र बजेट

उद्योगमन्त्री भण्डारी र तीन दलका प्रमुख सचेतकहरुबीच छलफल

कसरी फैलियो उडानै नभएको रूटमा ताराको जहाज बेपत्ता भएको अफवाह ?

भ्रमण भिसामा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह

बिहारमा दश दिनभित्र पाँच वटा पुल भत्किए
भारतको बिहारमा दश दिनभित्र पाँच वटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ । भत्किएका पाँच पिल मध्ये तीमध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

ग्रामीण निर्माण विभागका पुल कन्सल्टेन्ट इन्जिनियर बीके सिंहले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै ‘दुर्घटना’ भएको दाबी गरेको रिपोर्टमा उल्लेख छ । राज्यमा पहिलो पटक १८ जुनमा, अररिया जिल्लाको सिक्टी ब्लकमा पुल भत्किएको थियो । यो पुल अररिया, सिक्टी र कुर्साकान्तका दुई ब्लक जोड्न निर्माण भइरहेको थियो ।

जुन १८ को दिउँसो २ बजे सिक्टीको पण्डरिया घाट नजिक बनेको यो पुलका दुई पिलर पूर्णरुपमा भत्किएको थियो भने छ वटा पिलरमा क्षति भएको थियो । वर्षाका कारण बक्रा नदीको पानीको बहाव बढेपछि पुलको चाप सहन नसकेर उद्घाटनअघि नै भत्किएको थियो ।

पेरिसमा निजी जेट दुर्घटना हुदाँ तीन जनाको मृत्यु

फ्रान्सको निर्वाचनमा ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा

जापानद्वारा एच-थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

उत्तरी म्यान्मामा बाढीका कारण दुई हजार घर विस्थापित

भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमण, १८ इजरायली सैनिक घाइते

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ५८ बजे

मन्थली-खिम्ती सडक कालोपत्र भएको १५ दिनमै उप्कियो

रामेछाप– मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ ।

ललितपुर महानगरले भत्कायो अतिक्रमित संरचना

पाटन– ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमण गरी बनाइएको व्यक्तिगत संरचना भत्काएको

फ्रिक्वेन्सी बक्यौता विवाद : पैसा नबुझाएपछि टाटाले रोक्यो एनसेललाई इन्टरनेट ब्यान्डविथ

काठमाडौं– भारतीय ब्यान्डविथ सप्लायर्स कम्पनी टाटाले एनसेललाई उपलब्ध गराउँदै आएको

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु

झापा– विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी