बेइजिङ पुगे प्रधानमन्त्री ओली, उपमन्त्री सुनले गरे स्वागत
प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् ।
चार दिने भ्रमणमा सोमबार बेइजिङ पुगेका उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
ओलीको यो चार दिने चीन भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप गाढा बनाउने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय समझदारी पत्रहरूमा हस्ताक्षर, र बहुपक्षीय सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गत सहकार्यलाई औपचारिक बनाउन समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ।
घट्ने भयो ‘भीभीआईपी’ विदेश जाँदा-आउँदा विमानस्थल लाग्ने लर्को
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
निजी विमान चार्टर्ड गरेर चीनतिर प्रधानमन्त्री, यी परियोजनामा हुन सक्छ सम्झौता
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल
लीलावल्लभको पद गएपछि रेवतीरमण बने कोशीका आन्तरिक मामिलामन्त्री
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन्।
मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन्। भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ ९क० बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। कानून पृष्ठभूमिका उनी एमाले राजनीतिमा खारिएका इमानदार नेता मानिन्छन्।
यसअघि आन्तरिक मामिलामन्त्री रहेका लीलावल्लभ अधिकारीलाई जापानमा मानव तस्करी प्रकरणमा तानिएपछि राजीनामा गराइएको थियो।
प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : कृषिमन्त्री
स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ : मुख्यमन्त्री लामा
प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे
‘क्रेडिट रेटिङले लगानीका लागि नेपाल अनुकुल छ भन्ने देखायो’
राष्ट्रवादी दल एकतावद्ध हुन कमल थापाको आह्वान
बजेट अभावमा खानेपानी योजना रोकिँदैनन् : खानेपानीमन्त्री
ताप्लेजुङको सिरिजङ्घा-३ एमालेका सावादेन निर्वाचित
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का कुमारी सावादेन निर्वाचित भएकी छन्। आइतबार भएको उपनिर्वाचनमा उनी तीन सय ५३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।
सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरेका छन्। साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरेका छन्।
उपनिर्वाचन : कीर्तिपुरमा कांग्रेस उम्मेदवार डंगोल मतान्तर बढाउँदै
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी
ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी
सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी
रोल्पाको रुन्टीगढी-४ मा कांग्रेसका मगर निर्वाचित
सप्तरीको डाक्नेश्वरी-४ मा जसपाका यादव विजयी
डोल्पाको त्रिपुरासन्दरी–५ मा माओवादी विजयी
कपिलवस्तुको शुद्धोधन– १ मा एमालेको जित
कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेस निर्वाचित
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी निर्वाचित
गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी
बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनलाई धक्का, माओवादीका नरपुरा विजयी
कीर्तिपुर अपडेट : प्रमुखमा कांग्रेस–१८९२, एमाले १३७८, माओवादी ११८८
उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ
उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शभाराम्भ गरेका छन् । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उनले मेला शुभाराम्भ गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नी चम्पादेवी र परिवारका अन्य सदस्यसहित गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गरे। उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्वमन्त्री, पूर्वसांसद्, स्थानीय सुरक्षा अधिकारी, गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारी, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधि तथा उपस्थित श्रद्धालु भक्तजनले स्वागत गरेका थिए ।
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
रोल्पा ट्राफिक प्रहरीका सई २५ हजार घुससहित पक्राउ
सेती लोकमार्ग निर्माण सुस्त, रूख कटानको आदेश नआउदा समस्या
एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन
अनिलको अर्धशतकमा कर्णालीमाथि जनकपुरको सहज जीत
नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटको जित निकालेको छ । कीर्तिपुर मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमा सहजै पूरा गरेको हो ।
जनकपुरको जीतका लागि कप्तान एवम् ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन् । उनले अविजित ६३ रन प्रहार गरेका थिए । ४२ बलमा उनले ३ छक्का र ६ चौका प्रहार गरे । टिमको सार्वाधिक रन बनाउने पनि उनै हुन् ।
त्यस्तै अर्का ओपनरले पनि उत्कृष्ट सुरुवात गरेका थिए । २ छक्का २ चौकाको मद्दतमा उनले २९ बलमा ३६ रन जोडे । देव खनालले उनलाई मौसम ढकाल मार्फत क्याच आउट गराए ।
पहारिलो घाममा क्रिकेटको मज्जा (तस्बिरहरू)
एनपीएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित
जब दर्शकहरू क्रिकेट मैदानमा छिरे‘
८४ रनमा टुट्यो अनिल र आशिफको साझेदारी, कर्णालीले लियो पहिलो विकेट
ब्याटर सस्तैमा समेटिँदा संकटमा कर्णाली एक्स
ब्याटर नचल्दा पनि कर्णालीले दियो १४२ रनको लक्ष्य
काठमाडौं गुर्खाजमाथि चितवन राइनोज हाबी (तस्बिरहरू)
पाकिस्तानमा साम्प्रदायिक झडप : १३३ जनाको मृत्यु
उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेकोे सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले जनाएको छ ।
विवादित आदिवासी सुन्नी र शिया मुस्लिम समुदायबीच भएको युद्धविरामपछि पनि अझै झडपहरू नरोकिएको तर कम भएको सरकारले जनाएको छ ।
पाकिस्तान सुन्नी बहुल देश हो । यद्यपि अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा ठूलो शिया जनसङ्ख्या छ । त्यहाँ दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन् ।
फुटबल खेल मैदानमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
कार्यकालको अन्तिममा राष्ट्रपति बाइडेनले दिए छोरा हन्टरलाई माफी
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
प्रतिक्रिया