आजका समाचार : वार्षिक प्रतिवेदन पेसदेखि मुख्यमन्त्री शर्माको राजीनामासम्म | Khabarhub Khabarhub

आजका समाचार : वार्षिक प्रतिवेदन पेसदेखि मुख्यमन्त्री शर्माको राजीनामासम्म


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री दाहालले सुशासनका कैयौँ मानक स्थापित गर्न सरकार सफल भएको बताए।

राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवाप्रवाह थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई राज्यबाट प्रवाह हुने सेवामाथि सबैको पहुँच पुर्‍याउन आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले स्पष्ट पारे।

गत शैक्षिक सत्रदेखि विद्यालयमा भर्नासँगै विद्यार्थीहरूका हातमा पाठ्यपुस्तक पुग्ने अवस्था सुनिश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बाली लगाउने समयमा किसानलाई मल अभाव हुने विगतको अवस्था समेत अन्त्य गरिएको बताए।

खेलकुद क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनेछ : प्रधानमन्त्री

राप्रपाले प्रदेशमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने

ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता स्पष्ट देखिन्छ

बागमतीका नवनियुक्त चार मन्त्रीद्वारा पदभार ग्रहण

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन

गृहमन्त्रीमाथि छानबिन समिति नबने अर्को बैठक चल्न सक्दैन 
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग यथावत राखेको छ ।

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन नभए आगामी बैठक चल्न नसक्ने चेतावनी दिए ।


संसद शर्माले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग कांग्रेसको न्यूनतम शर्त रहेको बताए ।

उनले कांग्रेसले मुद्दा उठाएर यो विषय टुंगिँदै भनेर प्रचार भइरहेको भन्दै सत्ता समीकरणको खेलमा कांग्रेस नलाग्ने धारणा राखे ।

परराष्ट्रमन्त्री श्रेष्ठद्वारा आफ्नो चीन भ्रमणबारे संसद्‌मा जानकारी

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

गृहमन्त्रीलाई संसद्‍मा बोल्न नदिएर कांग्रेसले असंसदीय काम गर्‍यो: स्वर्णिम वाग्ले

जीवी राई गृहमन्त्रीको सम्पर्कमा छन् : महामन्त्री शर्मा

कांग्रेसले संसदीय अराजकता मच्चाएको एमालेको आरोप

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।


संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् ।

मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए। उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको उनले बताए ।

कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिने

कर्णालीमा नयाँ सरकार गठन गर्न आव्हान

लुम्बिनी प्रदेश सभाको बैठक आव्हान

गण्डकीमा नयाँ सरकार गठनको आह्वान

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँ : मुख्यमन्त्री पाण्डे

गृहमन्त्रालयका ९ उपसचिवको सरुवा
गृहमन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो ।

जसमा कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमन्त्रालयमा उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछाम, झंकनाथ ढकाललाई गृहमन्त्रालय, पुष्कर रानालाई विमानस्थलस्थित अध्यागमन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरीका रेवतीरमण शर्मालाई तातोपानीस्थित अध्यागमन कार्यालय, सीता परियारलाई इलाका प्रशासन कार्यालय साँखुबाट त्रिअवि अध्यागमन कार्यालयमा पठाइएको छ ।


त्यसैगरी मनिता श्रेष्ठलाई जिल्ला प्रशासन भोजपुरबाट त्रिअवि अध्यागमन कार्यालय, शिवराज सेँढाइलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र विजया कुमारी प्रसाईँलाई इलाका प्रशासन कार्यालय साँखु सरुवा गरेको छ ।

इलाम– २ मा मुख्य निर्वाचन अधिकृत तोकियो

नतिजा आउने गरी कार्यसम्पादन गर्न स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन

१९औँ फेवा नववर्ष महोत्सव २९ चैतदेखि

बल्खुस्थित साझाको पम्पबाट चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरण

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए पराजित
आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५।३ ओभरमा अल आउट हुँदै १३६ रन बनाएको थियो ।


नेपालका लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर अहमदले २०, देव खनालले २६ तथा रिजन ढकालले १२ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर माथ्युज हम्प्रेयजले ५ तथा लियाम म्याक्राथीले ४ विकेट लिएका थिए ।

भारतमा नेपालको लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा

आयरल्याण्ड ‘ए’ बाट नेपाल ‘ए’लाई १५८ रनको लक्ष्य

नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

गुजरातविरुद्ध कुशल र आसिफको अर्धशतक

ताइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पुर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ । ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय (यूएसजीएस) ले जनाएको छ ।


ताइवानी अधिकारीहरूका अनुसार यो भूकम्प ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली रहेको बताएका छन् । चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको छ ।

ताइवान भूकम्पमा परी ९ जनाको मृत्यु

भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने

राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता

भारतमा बस पल्टिँदा तीन विद्यार्थीसहित चार जनाको मृत्यु

चीनमा वर्षाका कारण सात जनाको मृत्यु

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : ०० बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः