साताका समाचार : रविलाई ‘बहिष्कार’ देखि बालकोटसम्म | Khabarhub Khabarhub

साताका समाचार : रविलाई ‘बहिष्कार’ देखि बालकोटसम्म

भारतसँगको सम्झौतालाई लिएर प्रचण्ड सरकार फन्दामा


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताका मुख्य घटना समेटेर ‘साप्ताहिक ब्रिफिङ’ पस्कँदै आएको छ । यो साताका मुख्य घटनामा राजनीतिक गतिविधि नै मुख्य रहेका छन् ।

यो साता राजनीतिक घटनाक्रहरु तीब्र देखिए । हप्ताको सुरुवाती दिनमा ललितपुरको बालकुमारीमा कोरियन भाषा परीक्षाको विषयलाई लिएर दुई जनाको ज्यान जानेगरी भएको झडपले देश तरंगित बन्यो । त्यसपछि राष्ट्रियसभा चुनावमा सत्तापक्ष र प्रतिपक्षबीचको भागबण्डाले राजनीति गर्मायो ।

यसका साथै भारतीय विदेशमन्त्री एस जयशंकरको दुईदिने नेपाल भ्रमण र दुईपक्षीय सम्झौतालाई लिएर प्रचण्ड नेतृत्वको सरकार विवादमा फस्न पुग्यो । संसदीय समितिमा प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे स्पष्टीकरण दिनुपरेको स्थिति छ ।

नेपाली कांग्रेसले यसैसाता पुस १६ गते मेलमिलाप दिवस आयोजना गरेको थियो । मेलमिलाप भनिए पनि कांग्रेसले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाउने उदारता देखाएन । बरु आज (शुक्रबार) रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे ।

यो साताका महत्वपूर्ण घटना हेरौं–

बालकुमारीमा हिंसात्मक प्रदर्शन, सरकारले चेतेन

पुस १३ गते अर्थात् अघिल्लो शुक्रबार वीरेन्द्र शाह र सुजन रावतको ज्यान जाने गरी बालकुमारीमा भएको झपडको भोलिपल्ट पुस १४ गते शनिबार सरकारले ललितपुरका सिडियो रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा र एसएसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाएर प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय गर्‍यो । सरकारले फिल्डमा खटिएका डीएसपी उमेश लम्साल, ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका अंगरक्षक असई बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गर्‍यो ।

यसका साथै मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने, झपडमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने र घटनाको निष्पक्ष छानबिन गर्ने निर्णय पनि सरकारले गर्‍यो ।

यो घटनाको छानविनका लागि सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानविन समिति बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यो घटना सामान्य नरहेको र यसका पछाडि रहस्य लुकेको प्रतिक्रिया दिएका छन् ।

यो साताका दुबै शुक्रबार हिंसात्मक रहे । पुस १३ गते दुईजनाको ज्यान जाने गरी झडप भएको थियो भने पुस २० गते शुक्रबार प्राथमिक स्वास्थ्यकेन्द्र सम्बन्धी विवादमा सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर जयशंकर साहको मृत्यु भयो । जनताको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्ने र गोली चलाउने प्रवृत्ति नहटेको देख्दा सरकारले बालकुमारी घटनाबाट पनि पाठ सिकेको देखिएन ।

राष्ट्रियसभामा भागबण्डाको प्रयास

यो साता बालुवटारमा रोचक राजनीतिक दृश्य देखियो । १९ सिटका लागि आगामी माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि सत्ता गठबन्धनकै बीचमा भागबन्डा मिल्न नसकिरहेका बेला नेकपा एमालेलाई पनि सिट भाग लगाउने कसरतमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयास गरे ।

सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा आफूले सहयोग गर्ने तर आफूलाई राष्ट्रियसभाका ६ सिट दिनुपर्ने एमालेले अनौपचारिक प्रस्ताव गर्‍यो । सत्ता पक्षका नेताहरु यसमा तयार देखिए पनि अहिलेसम्म कार्यान्वयनमा चाहिँ आएन । फलतः शुक्रबार बसेको एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने घोषणा गरेको छ । गठबन्धन दलमा भने अझै भागबण्डा मिल्न सकेको छैन ।

रविको पार्टीलाई बाइपास, सर्वदलीय सरकारको तुरुप

यो साता नेपाली कांग्रेसको मेलमिलाप दिवसमा पनि रमाइलो भयो । कांग्रेसले रास्पवालाई किन निम्तो नदिएको होला भन्ने प्रश्न एकातिर उठ्यो भने कार्यक्रममा उपस्थित भएका एमाले अध्यक्ष ओलीले मेलमिलापमा बोलाएर आफूमाथि भाटे कारवाही गरिएको आरोप लगाए ।

मेलमिलाप दिवसमा उपस्थित भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वदलीय सरकारको आवश्यकता औंल्याए ।

यसैसाता खबरहबले रास्वपाका महामन्त्री मुकुल ढकालसँग अन्तरवार्ता गर्‍यो । कांग्रेसले आफूहरुलाई अस्वीकार गरेको चिन्ता नलागेको बताउँदै ढकालले भने– हामी पनि पुराना पार्टीलाई स्वीकार्दैनौं । महामन्त्रीले यसो भनिरहँदा रास्वपा सभापति रवि लामिछानेले पुस २० गते बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे ।

जयशंकरले ल्याएको तरंग

सप्ताहन्तमा भारतीय विदेशमन्त्री एस. जयशंकरको दुईदिने नेपाल भ्रमणले राजनीतिमा तरंग ल्याइदिएको छ । खास गरी भारत सरकारले दिने सहायतासम्बन्धी बजेटको सीमा बढाएर ५ करोडबाट २० करोड पु¥याउने विषयले सरकार आलोचित बनेको छ ।

सत्ता गठबन्धनकै नेता झलनाथ खनालले सरकारको यो कदमलाई राष्ट्रघात भनेका छन् । शुक्रबार संसदीय समितिको बैटकमा प्रधानमन्त्री दाहालले जवाफ दिनुपरेको छ भने कानुन समितिले भारतसँग गरिएका सहमतिबारे जवाफ दिन बोलाएको छ ।

यससम्बन्धी थप समाचार–

यी घटनाहरुका अतिरिक्त प्रधानमन्त्री दाहालले शुक्रबार राज्य व्यवस्था समितिमा संवैधानिक परिषदसम्बन्धी विधेयकको मस्यौदा छलफलका लागि पेश गरेका छन् ।

रुसी सेनामा भर्ना भएका थप दुई व्यक्तिको यो साता निधन भएको छ भने रुस पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ पर्ने क्रम पनि जारी छ ।

यसै साता भएका खेलकुद गतिविधिको कुरा गर्दा यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा  पर्‍यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ५५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य