आजका समाचार : विपद्‍बाट ज्यान गुमाउने ४८ पुगे, मुकुलबारे छलफलमा रास्वपा, ७२ जनाले तिरेनन् २५४ करोड | Khabarhub Khabarhub

आजका समाचार : विपद्‍बाट ज्यान गुमाउने ४८ पुगे, मुकुलबारे छलफलमा रास्वपा, ७२ जनाले तिरेनन् २५४ करोड


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

‘एक्सन रुम’बाट प्रधानमन्त्रीको निर्देशन- विपद् प्रभावितको उद्धार र रक्षामा सबै शक्ति लगाऊँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधन रक्षाका लागि राज्यको सम्पूर्ण तागत लगाउन निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढी पहिरोको क्षतिबारे जानकारी लिएपछि प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सबै निकायलाई निर्देशन दिएका हुन् ।

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन

कांग्रेस-एमालेलाई वर्षमानको प्रश्न : भ्रष्टाचारका फाइल खोल्न थालेपछि किन आत्तिनुभयो ?

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बताएका छन् ।

अर्थमन्त्रीसमेत रहेका पुनले प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिन मिति तोकिएको अवस्थामा कांग्रेस र एमालेले दबाब दिएकै कारण राजीनामा नदिने बताए।

संसद्‍मा सभामुखले भने- प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने तालिका छ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिनेबारे जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम असार २८ गते विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी आएको बताए ।

एमालेको निर्णय : प्रचण्ड अल्पमतमा परेर कामचलाउ भइसके, तत्काल राजीनामा गरुन्

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पदमा बसिरहनु अनुचित हुने बताए ।

एमाले संसदीय दलको बैठक : कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्दै ओली

एमाले र कांग्रेस मिलेपछि माधव नेपालको दोकान बन्द भयो : महेश बर्तौला

संसदीय व्यवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउने कुरा नौटंकी मात्रै : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस–एमालेले फजुलको कुरा गरेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले राष्ट्रिय सहमतिको सरकार नितान्त फजुल कुराबाहेक केही नभएको बताएका हुन् ।

एकीकृत समाजवादीले १० दिनभित्र केन्द्रीय कमिटी टुंगो लगाउने

बाढी-पहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ ।

गत जेठ अन्तिमयताको विवरणअनुसार बाढी, पहिरोबाट ४८ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

 काठमाडौंमा जगन्नाथ रथयात्रा मनाइयो 

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले आइतबार काठमाडौंमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव गरेको छ।

यो ३९ औं महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले कमलादीमा रथ तानेर उद्घाटन गरे ।

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी-घण्टाघर दरबारमार्ग पुतलीसडक प्रदर्शनी मार्ग भद्रकाली-एनएसी-न्यूरोड-वसन्तपुर हुँदै टुडिखेलमा समापन हुनेछ ।

नेपाली इतिहासमा परापूर्व कालदेखि नै राजाको प्रमुख आतिथ्यमा रथयात्रा हुने गर्दथ्यो।

७२ जनाको गोजीमा राज्यले असुल्नुपर्ने २५४ करोड !

प्रशासक, जुवाघर सञ्चालक, ठेकेदार र व्यापारी गरी ७२ जनाले राज्यलाई तिर्नुपर्ने सरकारी बाँकी र सो को ब्याज २ अर्ब ५४ करोड २८ लाख ४८ हजार ६१३ रुपैयाँ ८१ पैसा पुगेको छ । यो कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा सरकारी बाँकी सरह असुलउपर गर्न बाँकी लगत रकम हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले सरकारी बाँकी उठाउने जिम्मा कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई दिएको छ । कार्यालयले उल्लेखित ऐन र अन्य प्रचलित कानून बमोजिम जिम्मेवार व्यक्तिबाट असुल उपर गर्नुपर्ने रकमको लगत कायम गर्नुपर्छ ।

तनहुँकी किशोरीलाई पोखरामा बन्धक बनाएर बलात्कार, भारतीयसहित दुईजना पक्राउ

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ

मीना ढकाल पक्राउ, मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी थिइन्

अर्थसंक्षेप : बाढीपहिरोले २५ राजमार्ग अवरुद्धदेखि शेयर बजारमा दोहोरो अंकको वृद्धिसम्म

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका पूर्वप्रधानमन्त्री रुट

दक्षिणपूर्वी एशियाली चार मुलुकसँगको भुक्तानी सञ्जालमा भारत पनि सहभागी

भारतद्वारा रुसमा आलुमिनियम निर्यात

जुनमा बङ्गलादेशको मुद्रास्फीति स्थिर तर दोहोरो अङ्कको नजिक

काश्मिरमा गोली लागी आठ जनाको मृत्यु

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ०५ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ