आजका समाचार : अमेरिकी मन्त्रीले भेटेनन् ओली, रविलाई प्रचण्डको ढाडस, सिरियाली राष्ट्रपति भागेर मस्कोमा | Khabarhub Khabarhub

आजका समाचार : अमेरिकी मन्त्रीले भेटेनन् ओली, रविलाई प्रचण्डको ढाडस, सिरियाली राष्ट्रपति भागेर मस्कोमा


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री झापामै, अमेरिकी मन्त्रीले भेटे प्रमुख सल्लाहकार रिमाललाई
प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो दिन पनि गृहजिल्ला झापामै छन् ।

अमेरिकी अमेरिकी सहायक विदेशमन्त्री (दक्षिण र मध्य एसिया मामिला विभाग) डोनाल्ड लु काठमाडौंमा राजनीतिक भेटघाटमा ब्यस्त हुँदा ओली भने झापामा खानेपानी आयोजना उद्घाटन गरिरहेका छन् ।


ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्गघाटन गर्दै लामो मन्तब्य दिए ।

ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको बताउँदै देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान चलाउने पनि बताए ।

अर्थमन्त्रीसँग र अमेरिकी मन्त्री लुको भेट, एमसीसी कार्यान्वयनबारे चासो

भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा एक हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

भ्रष्टाचारमा दोषी ठहरिएपछि सुगरत्न भन्छन्, ‘अदृश्य मतियारको राय ठिक भन्ने निष्कर्षमा अख्तियार पुग्यो’

वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय छ : राज्यमन्त्री विक

देशमा विकासको गति बढाउन सरकार दृढ छ : गृहमन्त्री

विकास निर्माणका अधुरा कामलाई गति दिइनेछ :प्रधानमन्त्री

सरकारले सुशासनका काम गर्नुपर्छ, हाम्रो समर्थन छ : वर्षमान पुन

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिइनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् ।

झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए ।


प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई समसामयिक एवं आधुनिक सोचका साथ निरन्तरता दिन आग्रह गर्दै ताजपुरिया समुदायको मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरकार ढल्दैन, जनताको अवस्था फेरिने गरि काम गरिरहेको छ : प्रधानमन्त्री

भरखरै रोपिएको समाजवादको भ्रूणलाई बढाउँदै लैजाऔँ : प्रचण्ड

व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन भएन : प्रदीप ज्ञवाली

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक : शिक्षामन्त्री

‘वायु प्रदूषणको स्रोत पहिचान र नियन्त्रणमा निगरानी आवश्यक’

महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण

‘जल-ऊर्जा-खाद्य समस्यालाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यक’

प्यालेस्टाइनको पक्षमा प्रचण्ड, इजरायली आक्रमणको विरोधमा गरे हस्ताक्षर
एक वर्षदेखि प्यालिस्टाइमाथि आक्रमण गरेर त्यहाँका जनताको इजरायलले गरेको नरसंहारविरूद्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय अदालतबाट पनि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको अवस्थामा प्यालेस्टाइनको पक्षमा हस्ताक्षर गर्ने प्रचण्ड नेपालका पहिलो शीर्ष नेता भएका छन् ।


इजरायलले प्यालेस्टाइनमा गरेको जनसंहारविरुद्ध सोमबारदेखि देशब्यापी हस्ताक्षर अभियान थालिएको छ । उक्त अभियानको प्रचण्डले आफ्नो हस्ताक्षर दिएर रत्नपार्कस्थित उद्घाटन गरेका हुन् ।

यसअघि नेपालले इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमण र नरसंहारविरुद्ध आफ्नो स्पष्ट धारणा राख्न सकेको छैन । हजारौँ नेपाली नागरिक प्यालेस्टाइनमा श्रमिकका रुपमा कार्यरत छन् ।

रविको बचाउमा प्रचण्ड, सरकारले प्रतिशोध साँधेको आरोप

रविको विषयमा मानवअधिकार आयोगले लियो जानकारी

रविबारे प्रचण्डको साथ मिलेपछि रास्वपाले भन्यो– हामी आभारी छौँ

शेखर समूहले कोशी भेला बहिष्कार गरेको कुरा उठ्यो कार्यसम्पादन बैठकमा

कांग्रेसले भन्यो : बीआरआईको ऋण लिँदैनौँ, अनुदानका परियोजना मात्रै अघि बढ्छन्

स्याङ्जाकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने कांग्रेसको निर्णय

सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित
वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।

उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।


हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)

दार्चुलामा हिमपात र वर्षा, चिसो बढ्यो

‘घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ’

भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै माइतीघरमा प्रदर्शन

टिकटकको प्रतिबन्धमा पर्‍यो आयुष र एलिजेको एकाउन्ट

देश छोडेर भागेका सिरियाका राष्ट्रपति मस्कोमा, विद्रोही नेताले गरे सम्बोधन

देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल-असद मस्को पुगेका छन्। रुसको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई रुसले नै शरण दिनेछ। हायात ताहिर अल साम (एचटिएस)ले राजधानी दमासकस कब्जामा लिएपछि असद भागेर रुस गएका हुन्।

आइतबार नै विद्रोही शक्ति एचटिएसका नेता अबु मोहम्मद अल जलवानी सार्वजनिक भए। उनले पुरानो दमासकसको उमायाद मस्जिदमा उपस्थित हुँदै कार्यक्रमलाई सम्बोधन गरे।


सो सम्बोधनमा उनले सिङ्गो इस्लाम राज्यको जित भएको बताए। उनले सन् २०११ यता सहिद भएकाहरू प्रति सम्मान व्यक्त गर्दै देशलाई भ्रस्टाचार मुक्त बनाउन आफ्नो ध्यान केन्द्रित रहने बताए।

सिरियाको भविष्य सिरियालीले निर्धारण गर्नेछ : राष्ट्रसङ्घ प्रमुख

टर्किएमा सैन्य हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध

इजरायली प्रधानमन्त्री माथिको भ्रष्टाचारको मुद्दामा मंगलबारबाट बयान

सिरियामा इजरायलको बमबारी जारी

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ७ : ५७ बजे

दोलखामा खुल्ला महिला भलिबल प्रतियोगिता सुरु

दोलखा– जिल्ला भलिबल संघ दोलखाको आयोजनामा बिहीबार देखि खुल्ला महिला

प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन

गण्डकी– प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको

नबिल बैंकद्वारा राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत – नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ अधिवक्ता दिनेश

पेट दुखिरहन्छ ? खानुहोस् यी फाइबरयुक्त ५ चीज

काठमाडौं– पाचन क्रियालाई ठिक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले