एनिमेटेड फिल्ममा नेपालको फड्को, प्राविधिक भन्छन्–पाँच वर्षदेखि निःशुल्क काम गरिरहेका छौँ  | Khabarhub Khabarhub

एनिमेटेड फिल्ममा नेपालको फड्को, प्राविधिक भन्छन्–पाँच वर्षदेखि निःशुल्क काम गरिरहेका छौँ 


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा ‘एनिमेटेड’ फिल्म बनाउन असम्भव छ भन्दा फरक पर्दैन । नेपाली बजारका लागि एनिमेटेड फिल्म निर्माण अन्यभन्दा महँगो छ । सानो बजारमा लगानी असुरक्षित भएकाले निर्माताहरूको यसमा आकर्षण छैन ।

यद्यपि तेजसराज जोशी नेतृत्व टिमको हुटहुटीकै कारण नेपाली दर्शकले पहिलो पटक एनिमेटेड फिल्मको स्वाद चाख्ने भएका छन् । प्राविधिक रूपले २० करोड लागतमा बनेको ‘सलिना’ फिल्म पाँच वर्ष लगाएर निर्माण गरिएको निर्माण पक्षको जिकिर छ ।

निर्माण पक्ष भन्छ, ‘नेपाली फिल्म क्षेत्रलाई नयाँ आयाम दिन मात्रै हाम्रो यो प्रयास हो । लगानी उठाउने वातावरण नहुँदा पनि हामीले यो मूर्खता गरेका हौं ।’

सानो युनिट, सीमित जनशक्ति, सीमित श्रोत साधनले नेपालमा पनि एनिमेटेड  फिल्म निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित गर्न निर्माण पक्षले त्याग गरेको पाइन्छ ।

चैत १६ बाट प्रदर्शनमा आउन लागेको यस फिल्मको निर्देशक तेजसराज जोशी हुन् । शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादन रहेको यस फिल्ममा ग्राफिक्स डिजाइनको जिम्मेवारी संगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धरले सम्हालेका छन् । फिल्म निर्माता तेजसराज र श्रुति स्वयं हुन् ।

दायाँबाट बायाँ क्रमश: अविनाशसिंह थारु,सगिन महर्जन, श्रुती श्रेष्ठ, तेजसराज जाेशी र अचिनसुन्दर प्रधान

असम्भवलाई सम्भव बनाउने हुटहुटी

विश्वको बजारलाई नियाल्ने हो भने थ्रीडी एनिमिटेड फिचर फिल्मको लागत मिलियन डलर कट्छ । उनीहरूको बजार पनि पर्याप्त भएकाले जम्बो युनिटमा काम हुन्छ ।

विदेशी एनिमेटेड चलचित्रमा समेत काम गरेका निर्देशक तेजसराज भन्छन्, ‘विश्व बजारमा एमिमेटेड फिल्मको बजेट कम्तीमा १५ मिलियन डलर हो । ३०० भन्दा बढी जनशक्ति प्रयोग हुन्छ ।’

विदेशी प्रोजेक्टमा काम गरेको अनुभव नेपाली फिल्ममा प्रयोग गर्ने हुटहुटीकै कारण निर्माणमा हात हाल्ने निर्णयमा पुगेको तेजसराज बताउँछन् ।

प्रथम नायिका भुवन चन्द : डेढसय तलबले परिवारको गुजारा

उपेन्द्र सुब्बा : दुई थान पासपोर्टको म्याद गुज्रेपछि मिलेको ख्याति

अनुप बराल : मृत रंगमञ्च बचाउने सञ्जीवनी

उनी भन्छन्, ‘हामीले यो फिल्म मनमा माया भएर मात्रै गरेको हो । हामीलाई आफ्नै एनिमेटेड फिल्म चाहिएको थियो । हामीले सधैँ बाहिरको प्रोजेक्टमा काम गर्‍यौं । सधैँ हुन्न र सकिन्न भनेर हुँदैन भनेर हामीले कामको सुरुवात गरेको हो ।’

भिडियाे सम्पादक शिव पुरी

विना पारिश्रमिक आधा दशक

फिल्मका सम्पादक शिव पुरी भन्छन्– ‘नेपालमा लगानी गरेर एनिमेसन फिल्म बनाउने वातावरण नै छैन ।’ शिवको भनाइको तात्पर्य हो– ६ जनाको टिमको विदेशी प्रोजेक्टमा काम गरेको अनुभव, ज्ञान, सीप र नेपाली फिल्म बनाउने हुटहुटीले मात्रै ‘सलिना’ निर्माण भएको हो ।

५ वर्ष टिमका कुनै पनि सदस्यले पारिश्रमिक नलिएका कारण फिल्म तयार भएको शिव बताउँछन् । उनी भन्छन्, ‘हामीले अन्य प्रोजेक्टमा काम गरेका आधारमा पारिश्रमिक बुझ्ने हो भने २० करोडले भ्याउँदैन ।’

२० वटा कम्प्युटर आफूहरूसँगै भएकाले प्राविधिक पाटोका लागि हिम्मत आएको निर्देशक तेजसराज बताउँछन् । उनी थप्छन्, ‘यो विदेशी प्रोजेक्टको तुलनामा १ प्रतिशत हो । तर हामीले फिल्म बन्छ भनेर प्रमाणित गरेका छौं । गुणस्तरमा कुनै कमी छैन ।’

‘एनिमेटेड क्यारेक्टर’ निर्माण गर्ने प्रक्रिया र लागत विश्वको जुनै स्थानमा पनि उही हुने भएकाले बजेट स्वाभाविक रूपमा बढी हुने तेजसको अनुभव छ ।

एनिमेसन आर्टिस्टको पारिश्रमिक नै महँगो हुने बताउँदै उनी थप्छन्, ‘नेपाली र हलिउड फिक्सन फिल्मको कुरा गर्दा सेट र कलाकारको पारिश्रमिकले लागतमा बढी प्रभाव पार्छ । तर एनिमेटेड फिल्मको सन्दर्भमा हलिउड फिल्ममा एउटा पात्रका लागि जति खर्च हुन्छ, हामीले पनि त्यति नै खर्च गर्नुपर्छ ।’

आइडलको उचाइमा मेनुकाको उडान

निर्देशक अमनप्रताप : फुटबलदेखि ‘द पोएट आइडल’सम्म

प्राविधिक जटिलता

सानो युनिट, सीमित जनशक्ति, सीमित श्रोत साधन र सानो बजारबाट फिर्ता हुने लगानीको बारेमा निर्माण पक्ष अनभिज्ञ होइन । मौजुदा प्राविधिक संशाधनबाट योजना विफल हुन सक्नेमा समेत शंकाका साथ काम सुरु गरेको उनीहरू बताउँछन् ।

सम्पादक शिव भन्छन्, ‘प्राविधिक साधनले गर्दा फिचर फिल्मको फाइनल प्रोजेक्ट निस्कन्छ कि निस्कँदैन भन्ने शंका त थियो । तर डेढ वर्षमा फिल्म बनाउन सक्छौं भन्ने आत्मविश्वासको कमी थिएन ।’

तर पहिलो हाफ र दोस्रो हाफमा नतिजा फरक परेपछि दोहोर्‍याएर काम गर्नु परेको निर्देशक तेजस अनुभव सुनाउँछन् । उनी स्पष्ट पार्छन्, ‘काम गर्दै जाँदा दोस्रो हाफको आउटपुट राम्रो भयो । अनि पहिलो रिमेक नगरी चित्त नै बुझेन । आफूलाई मन नपरेको कुरा दर्शकलाई कसरी देखाउनु ?’

सुरुवातमा फिल्म तयारको लक्ष्य मात्रै राखे पनि लकडाउनले गुणस्तर सुधार गर्ने अवसर मिलेको शिव बताउँछन् ।

‘हल अब लामो समय बन्द हुन्छ भन्ने भयो अनि हामी क्वालिटी बढाउन केन्द्रित भयौं,’ शिव थप्छन्, ‘दर्शकलाई झ्याउ नलागोस् भनेर पछि एडिटिङमा ४० मिनेट फिल्म काटेर फाल्यौं । यो ठूलो लागतको हो तर हामीले फ्याल्ने नै निर्णय गर्‍यौं ।’

निर्देशक तेजसराज जाेशी 

निर्माणको उद्देश्य 

एनिमेटेड फिल्म बनाउनु पछाडिको प्रमुख उद्देश्य नै नेपाली एनिमेसन क्षेत्रलाई विकास गर्नु रहेको निर्माण पक्ष बताउँछ । आफूहरूले दुई वर्ष त्याग गर्दा एनिमेसन क्षेत्र  उद्योगका रूपमा विकास हुने विश्वासका साथ काम गरेको उनीहरू बताउँछन् ।

‘एनिमेटेड फिल्म हामीले निर्माण गर्‍यौं भने विदेशीले पनि नेपालीलाई पत्याउँछ । फिल्म नै बनाउँछ भन्ने भएपछि ढुक्कले काम दिन्छ । सानो सानो काम आयो भने पनि त्यसमा लाखौँ डलरको पारिश्रमिक हुन्छ । यसले त नेपाली एनिमेसन आर्टिस्टलाई नै फाइदा हो नि ।’ निर्देशक तेजस बताउँछन् ।

साथै, नेपाली भाषा, संस्कृति र परिवेशको एनिमेसन फिचर फिल्मको स्वाद नेपाली दर्शकलाई चखाउनु नै निर्माणको अर्को उद्देश्य भएको निर्माण पक्षको जिकिर छ ।

सम्पादक पुरी भन्छन्, ‘नेपालको पूरा भूगोल समेट्ने स्क्रिप्ट चाहिएकाले हामीले दन्ते कथामा फिल्म बनाएका छौं । पूरा फिल्ममा आफ्नो पन पाइन्छ ।’

‘नेपाली’ भएकैले अविश्वास

फिल्म निर्माण भइसके पनि नेपालीमाथि नेपालीकै अविश्वासको शिकार भएको निर्माण पक्षको तीतो अनुभव छ । विदेशीले मात्रै यस प्रकारको फिल्म बनाउँछन् भन्ने मानसिकतालाई चिर्न कठिन भएको उनीहरूको तर्क छ ।

‘मैले नेपाली एनिमेसन फिल्म बनाउँछस् भन्दा चाहिँ अविश्वासकै नजरले हेरिन्छ तर विदेशी प्रोजेक्टहरुमा काम गरेको छु भन्दा व्यवहार नै छुट्टै हुन्छ । मेरो ज्ञान र सीप त एउटै हो नि ।’ निर्देशक तेजस स्पष्ट पार्छन् ।

विदेशी भन्ने बित्तिकै ‘दामी हो’ भन्ने मानसिकताले फिल्म बनाइसकेपछि नेपालीलाई नै राम्रो प्रोजेक्ट बनेको छ भनेर प्रमाणित गर्न गाह्रो भएको उनी बताउँछन् । यद्यपि टेलर हेरेर अन्तर्राष्ट्रिय बजारका लागि विदेशी एजेन्टहरु सकारात्मक भएको निर्माण पक्ष बताउँछ ।

‘विदेशीहरूले टेलर हेरेपछि पूरा फिल्म नै हेर्न चाहेको छ । मुख्य कुरा उनीहरूले एनिमेसन मन पराएको छ । नेट्फिक्समा पनि कुरा भइरहेको छ । हामी भारतको एजेन्टबाट उनीहरूसँग पुगेका छौं । हामीले उनीहरूलाई टेलर देखाएका छौं । उनीहरूले डिस्ट्रिब्युटर कट मागेका छन् । प्राविधिक कुराले हामीले उनीहरूसँग फिल्म पुर्‍याउन पाएका छैनौं ।’ तेजस भन्छन् ।

निर्देशक प्रदीप : महजोडीको ‘ब्याकबोन’

केकीबारे पोइट आइडलको स्पष्टीकरण : यो विशुद्ध कविता लेखन प्रतियोगिता होइन

नयाँ स्वाद

नेपालको पहिलो एनिमेसन फिल्म भएकाले ‘सलिना’ सबै उमेर समूहका दर्शकलाई लक्षित गरी ल्याएको निर्माण पक्षको दाबी छ । सेन्सर बोर्डले पनि युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ ।

सम्पादक पुरी थप्छन्, ‘बच्चाले हेर्न रहर गरेर अभिभावक आउँदा उहाँहरूलाई पनि रमाइलो दिने हिसाबले फिल्म बनाएका छौं ।’ आफ्नै भाषा, परिवेश र लोकेशनको एनिमेसन फिल्म हेर्न पाउँदा दर्शकले भरपुर आनन्द लिनेमा निर्माण पक्ष ढुक्क छ ।

शिव भन्छन्, ‘हामीले प्रयास गरेका छौं । गुणस्तरको एनिमेसन फिल्म बनाउन सक्छौं भनेर हामीले प्रमाणित गरेका छौं । अपेक्षाअनुसारको पैसा हामीले नेपाली बजारबाट पाउन सक्दैनौँ । फेरि हामीले झुर फिल्म बनाएका छौं, हलमा आउनु भन्न खोजेको होइन, फिल्म साँच्चै रमाइलो छ ।’

पत्नीवियोगलाई संगीतमा उन्दै मदनकृष्ण, छोरी सराना भन्छिन्– ‘तिमी जूनजस्तै प्यारो’
राजेशपायलका किस्सा : १५ सय कोठाभाडा तिर्न सकस, ०६५ को खड्गो

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १२ : २१ बजे

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको