आजका समाचार : राष्ट्रपति पौडेल युरोपतिर, दीपक मनाङे गण्डकीमा छैटौँपटक मन्त्री | Khabarhub Khabarhub

आजका समाचार : राष्ट्रपति पौडेल युरोपतिर, दीपक मनाङे गण्डकीमा छैटौँपटक मन्त्री


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल तथा मन्त्रीहरूले बिदाई गरेका हुन् ।

उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तन र आर्थिक अस्थिरता मुख्य चुनौती : उपराष्ट्रपति यादव

नयाँ चरणको आर्थिक सुधारको बाटोमा छौँ : अर्थमन्त्री पुन

देशलाई होइन, आफ्ना लागि काम गर्नेलाई राजदूत बनाउन खोजिँदैछ

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा हेरौँ

प्रतिनिधिसभा आजको बैठक

सांसदहरुले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरूले वर्षायाम सुरु हुन लागेको र रोपाइँ सुरु हुनुअघि नै किसानलाई समयमै मल, बीउ र सिँचाइको प्रबन्ध गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।


सांसद तेजुलाल चौधरीले नेपाल कृषिप्रधान देश भए पनि मलका लागि किसान दिनभर लाइन लाग्नुपर्ने र रित्तो हात घर फर्किनुपर्ने बाध्यता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद ठाकुरप्रसाद गैरेले जुनसुकै सरकारी अफिसमा जाँदा कार्यालयको अगाडि दर्जनौँ गाडीहरू बेवारिसे अवस्थामा देखिने गरेको बताए।

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- देशभन्दा ठूला जीबी राई पो रहेछन् ?

बयलपाटा अस्पताल सञ्चालनमा सहयोग आवश्यक : कांग्रेस नेता पाण्डे

एमालेको माग: भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

गृहमन्त्रीलाई प्रभु साहको सुझाव- नैतिकताको आधारमा राजीनामा दिनुहोस्

राष्ट्रिय सभाबाट सुरक्षित कारोबार विधेयक पारित

गण्डकीमा फणीन्द्र देवकोटा बने ऊर्जा मन्त्री, दीपक मनाङेलाई यातायातको जिम्मा
गण्डकी प्रदेशमा सोमबार ‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मंगलबार मन्त्रीमा नियुक्त भएका छन् ।

गोरखाबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी उनले सोमबार ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए ।


माओवादी दलको ह्विप उलंघन गरेको भोलिपल्ट देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका हुन्। देवकोटाले मंगलबार नै पद तथा गोपनीयतको सपथ लिएका छन् ।

उता छैटौं पटक सरकारमा पुगेका स्वतन्त्र सांसद दीपक मनाङे (राजीव) गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनाइएको छ । उनले पनि मंगलबार सपथ लिएका छन् । मनाङे यससँगै छैटौँ पटक मन्त्री भएका हुन् ।

गण्डकीमा ‘फ्लोर क्रस’: देवकोटालाई निलम्बन गर्दै माओवादी केन्द्र

सांसदलाई पाँच करोड दिने मधेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

विधि, पद्धति र नियमभित्र रहेर बजेट ल्याइयोस् : कांग्रेस

जसपाका कुनै पनि सांसद पुगेनन् मधेसको नीति तथा कार्यक्रममा

वैदेशिक रोजगारीमा पठाउने भन्दै ३ सय जनाबाट १५ करोड ठगी
विभिन्न देश पठाइदिने भन्दै तीन सय बढिलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिन्छु भनी ३०० जनाभन्दा बढीसँग करिब १५ करोड रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चितवन घर भएका राज कुमार भट्ट, पोखरा घर भएका नवीन बिक र पवन पन्त रहेका छन् ।

पोखरामा दुईजना मिलेर चोरे करोडका सामान, कफी मेकरदेखि ड्रोन क्यामेरासम्म उठाए

भन्सार छलेको २५ ग्राम सुन र मोबाइलसहित दुईजनालाई प्रहरीले समात्यो

ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने

पाइलट पन्तको उडान निलम्बन फुकुवा

यमनमा डुंगा डुब्दा ३९ आप्रवासीको मृत्यु
यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुंगा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीयको एजेन्सीले मंगलबार जनाएको छ ।

यमन तटमा भएको दुखद घटनामा सोमबार दुई ६० आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु हुनुका साथै एक सय ५० बेपत्ता भएका छन् भने ७१ जनाको उद्धार गरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो ।


प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरू द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन् ।

अप्रिलमा, दुई डुङ्गाहरू जिबूतीको तटमा दुई हप्ताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौँको मृत्यु भएको थियो ।

बेलायतमा बेरोजगारी दर वृद्धि

मलावीका उपराष्ट्रपति सवार विमान सम्पर्कविहीन

बलोचिस्तानमा शैक्षिक अवस्था कमजोर : बीएसएसी

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

गरिबका लागि थप तीन करोड घर बनाउने भारत सरकारको घोषणा

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ७ : ५७ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि