समाचार

आजका समाचार : माओवादीमा प्रचण्ड सुरक्षित, बेलैमा बच्चा जन्माउन ओलीको सल्लाह र शेख हसिना पक्राउ पर्न सक्ने 

By खबरहब

August 13, 2024

कुलमानविरुद्ध भ्रष्टाचारको उजुरी लिएर अख्तियारमा पूर्वडीआईजी खरेल पछिल्लो समय सञ्चारकर्मी र सामाजिक अभियन्ताका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै मंगलबार अख्तियारमा उजुरी दिएका हुन् ।

कुलमानले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी विद्युत्‍को पीपीए गरेको जिकिर खरेलको छ।

कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको जिकिर खरेलले गरेका छन् । त्यसक्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका छन् ।

माओवादी केन्द्रमा तत्काललाई प्रचण्डको विकल्प नखोजिने

युवालाई प्रधानमन्त्रीको सुझाव- २०-३० वर्षमै बिहे गरेर बच्चा जन्माइजानू

प्रधानमन्त्री ओली-बेलायती राजदूत भेट स् टीआरसीबारे छलफल, वस्तु निर्यातमा सहजीकरणको वाचा

टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट, पीडितमैत्री नभएको जिकिर

प्रधानमन्त्री ओली-बेलायती राजदूत भेट : टीआरसीबारे छलफल, वस्तु निर्यातमा सहजीकरणको वाचा

प्रस्तावित १७ राजदूतको सुनुवाइ प्रक्रिया सुरु

प्रतिनिधि सभामा पुग्यो टीआरसी विधेयक, संसद्को यसै सत्रमा पारित गरिने सङ्क्रमणकालीन न्यायका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन र बेपत्ता पारिएका व्यक्तिको छानबिन अयोग, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विधेयक प्रतिनिधिसभामा टेबल भएको छ।

संघीय संसद्‍मा छलफलका लागि कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकसम्बन्धी प्रतिवेदन २०८१ टेबल गरेकी हुन् ।

विधेयक पेश गर्दै सभापति सुवेदीले विधेयकलाई पिडितमैत्री बनाउन र निष्पक्ष न्याय दिने अवस्था सिर्जना गर्न लामो छलफल भएका कारण ढलाइ भएको बताइन् ।

सभामुखले हरि ढकाललाई बोल्दा बोल्दै रोकेपछि संसद्‍मा तनाव

रवि लामिछाने भन्छन्- भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्न सकिँदैन

माओवादी नेता शाहीको जिकिर- दलहरूको चुरिफुरीले जनता आक्रोशित छन्, देश दुर्घटनातिर जाँदैछ

प्रचण्डले उद्योगीलाई १६ अर्ब छुट दिएको दाबी गर्दै पोखरेलले भने- असत्य भए टुँडिखेलमा झुन्डिन तयार छु

सांसद नेपालीको चेतावनी- दलितका कुरा नसुने जातीय र धार्मिक युद्ध हुन्छ

संविधान संशोधनबारे गगनको जवाफ- कांग्रेस-एमाले पछाडि फर्किन सक्दैनन्

गगनको टिप्पणी- प्रधानमन्त्री ओलीले मिहिनेत गरिरहेको देख्दैछु

‘यही सरकारले गिरिबन्धु, नक्कली भुटानी शरणार्थी र सहकारी ठगी प्रकरण टुंग्याउनुपर्छ’

रास्वपाले ०८४ मा कांग्रेस-एमालेलाई बढारेर भुइँमा झारिदिए हुन्छ : गगन थापा

नेपालको संसद्‍मा बंगलादेशका हिन्दूमाथि आक्रमणको विरोध

पटक-पटक भइरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बनो : सोविता गौतम

हरि ढकालको तर्क- बिजुली जोड्न जस्तै उद्योगको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिऊन्

सभामुखले सांसदहरूलाई यो बोल्नु, त्यो नबोल्नु भन्न पाउँदैनन् : राजेन्द्र लिङ्देन

साङ्लो बाँधेर प्रदर्शन गरिरहेका सुनार प्रहरी नियन्त्रणमा दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झन्डै अढाई किलोको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो ।

बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

सुनारले गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । आज निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेपछि सुनारलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

नेपाल छिर्न लागेका बङ्गलादेशीलाई विराटनगरको रानी नाकाबाट फर्काइयो

काठमाडौंका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

पर्यटन प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे

‘प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला अनिवार्य’

देशभर हैजाको प्रकोप बढ्दो, ५० जनामा सङ्क्रमण पुष्टि

तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह

मोरङको बेलबारीमा हात्ती मृत फेला

दशरथ रंगशालामा चर्च ब्वाइज र पारो आमनेसामने  सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल दशरथ रंगशालामा भइरहेको छ।

चर्च ब्वाइज युनाइटेड अनन्त तामाङको कप्तानीमा मैदानमा उत्रिएको छ। पहिलो हाफमा दुवै टोलीले १(१ गोल गर्न सफल भएका छन् ।

सुरुवाती अग्रता भने घरेलु टोली चर्च ब्वाइजले लिएको थियो । चर्च ब्वाइजले अग्रता लिएपछि पारो पनि खेलमा फर्कियो । उसका लागि किङ्गलाले गोल गर्दै खेललाई १-१ बराबरीमा ल्याएका छन् ।

पानी परेकाले दशरथ रंगशाला हिलाम्मे भएको छ । यो रंगशालााई पारोका जापानी स्ट्राइकर कोइसुके होन्डाले अहिलेसम्मकै खराबको संज्ञा दिएका थिए ।

हिलाम्मे दशरथ रंगशाला, खेलाडीको जिउभरी हिलो

दशरथ रंगशालामा चर्च ब्वाइज र पारो आमनेसामने (तस्बिरहरू)

शेख हसिनाविरुद्ध मुद्दा दर्ता, बंगलादेश फर्किए पक्राउ पर्न सक्ने बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनासहित उनीनिकट ६ जनाविरुद्धको मुद्दा दर्ता गरेको छ ।

राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकारेको हो।

अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ।

ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले दिउँसो उक्त आदेश दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।

अमेरिकाद्वारा हसिनाले लगाएको आरोप अस्वीकार

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मूल्यवृद्धि

भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता

विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा

सुरक्षा परिषद् सुधारका लागि राष्ट्रसङ्घका प्रमुख गुटेरेसको आह्वान