आजका समाचार : सिंहदरबारको एमाले अब वडासम्म जाने, कम्बोडिया-भैरहवा सिधा उडान हुन सक्ने, प्ले अफमा सुदूरपश्चिम रोयल्स | Khabarhub Khabarhub

आजका समाचार : सिंहदरबारको एमाले अब वडासम्म जाने, कम्बोडिया-भैरहवा सिधा उडान हुन सक्ने, प्ले अफमा सुदूरपश्चिम रोयल्स


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

एमालेमा विमतिबारे ओलीले भने : चिनियाँ कम्युनिस्ट पार्टीमा नेतृत्वको कसैले विरोध गर्दैनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पङ्कति परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा ओलीले देश र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन परिचालित हुन कार्यकर्तालाई निर्देशन दिए।

एमालेको योजना- माघदेखि चैतसम्म वडाकेन्द्रित अभियान, टोलसम्मै पार्टी संगठन

विद्या भण्डारीबारे ओली- उहाँलाई पार्टीले नै राष्ट्रपति बनायो, आवश्यक परे फर्काउँछौँ

प्रधानमन्त्री भन्छन्- ज्यापू अक्षय कोषमा अहिले १० लाख दिइयो, अझ थप्छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतीतर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् ।

ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बदनाम गर्ने कोसिस भएकाले दुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन् ।

गृहमन्त्री लेखक भन्छन्- सबै दलको सहमतिमा संविधान संशोधन हुन्छ

‘रविसँग नराम्रो व्यवहार गरिएको छैन, प्रतिशोध पनि साँधिएको छैन’

‘सिड नम्बर जिआर-३९ ले सरकारलाई काम गर्न मार्गदर्शन गरेको छ’

उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान

एमाले मुख्यालयमा ३०१ नेतालाई सोधियो ४६ प्रश्न

नेकपा एमालेको हेडक्वार्टरले आफ्ना नेता–कार्यकर्ताहरुलाई विभिन्न ११ वटा विषयमा ४६ वटा प्रश्नहरु सोधेको छ । एमालेका विभाग, प्रदेश, जिल्ला इञ्चार्ज र जनसंगठनका नेताहरुले ती ४६ प्रश्नको उत्तर नेताहरुलाई लिखितरुपमै दिनुपर्ने भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेले देशभरिबाट ३०१ जना नेताहरुलाई बोलाएर शनिबार र आइतबार दुई दिने कार्यशाला चलाएको छ । कार्यशालामा सहभागी हुन आउनेहरुलाई ४६ वटा प्रश्नको लिखित जवाफ बोकेर आउन भनिएको छ ।

‘एमालेमा माथिदेखि तलैसम्म एकै विचार र सिद्धान्त नभए अघि बढ्न सकिँदैन’

कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकता हो : उपप्रधानमन्त्री सिंह

मन्ती पाण्डेद्वारा कम्बोडिया–भैरहवा सिधा उडानका लागि कम्बोडियाली समक्ष प्रस्ताव

शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ : मुख्यमन्त्री शाह

झलनाथ भन्छन् : बुढो हुन्जेलसम्म पार्टीका पद ओगटिरहने प्रवृत्ति बढ्यो

हर्षसहित योमरी पूर्णिमा मनाउँदै नेवार समुदाय (तस्बिरहरू)

नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन मनाइने दिनलाई योमरी पूर्णिमलाई योम्री पुन्ही पनि भनिन्छ।

भारतबाट फर्किए प्रधान सेनापति सिग्देल

प्रधान सेनापति महारथी अशोकराज सिग्देल भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित भएर आइतबार स्वदेश फर्किएका छन् ।

गत मङ्सिर २६ गतेदेखि ४ दिने भारत भ्रमणमा गएका उनलाई त्यहाँस्थित राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।

गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार

पछिल्लो समय कर्णाली चार वटा सडकले जोडिएको छ । विकासको पहिलो सर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँसु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् ।

आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म लिनका लागिसमेत सहजै सवारी साधनको प्रयोग हुँदै आएको छ । तीन तहका सरकारको सक्रिय पहलकदमीका कारण गाउँ गाउँमा सडक पुग्दा कर्णालीवासीको जीवनस्तरमा समेत सुधार आएको छ ।

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु, सुसाइड नोटमा मागेकी थिइन् पतिसँग माफी

महोत्तरीमा बस दुर्घटना : २२ जना घाइते

आजदेखि काठमाडौं-टीकापुर उडान सुरू

मनकामना केबलकार भोलिदेखि दुई दिन बन्द हुने

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

मुढा बनाएर आम्दानी गर्दै कैदीबन्दी

अर्थसंक्षेप : पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर, काठमाडौं-टीकापुर उडान सुरू

अन्तर्राष्ट्रिय…

ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेका छन् ।

हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपको पर्दाफास गर्न उनको महत्त्वपूर्ण भूमिकाको लागि समितिको प्रमुखका लागि योग्य रहेको ट्रम्पले बताए ।

दक्षिण कोरियासँगको गठबन्धन क्षेत्रीय शान्तिका लागि महत्त्वपूर्ण : बाइडेन

अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ जना फसे 

दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग नलगाइने 

मुम्बईको राजश्री प्रोडक्सनमा आगलागी 

शेख हसिनामाथी बंगलादेशका ३५ सय व्यक्ति बेपत्ता पारेको प्रतिवेदन पेश

युक्रेनको ऊर्जा पूर्वाधारमा रूसको ठुलो आक्रमण, जनता बिजुली बिना बस्न बाध्य

सिरियामा आइएस समूहद्वारा ६ कृषकको हत्या

खेलकुद…

पोखरालाई हराउँदै प्ले अफमा पुग्यो सुदूरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार भएको भिडन्तमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्ले अफमा पुग्ने तेस्रो टोली भएको छ ।

समूह चरणका ६ खेलबाट जनकपुरसँगै समान १० अंक बनाएको सुदूरपश्चिमले पोखराविरुद्ध चाहेअनुसारको परिणाम निकाल्दै प्ले अफ यात्रा तय गरेको हो ।

एनपीएलमा फ्लप कुशल भुर्तेल : दुई पटक शून्यमा आउट, जम्मै ५४ रन जोडे

पाँच विकेट गुम्दा दबाबमा पोखरा : कुशल खाता नखोली गए, एन्ड्रिज ३६ रनमा फिर्ता

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

विराटनगरविरुद्ध काठमाडौंको रोमाञ्चक जित

रोल्लर स्केट प्रतियोगिता : पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम

तेस्रो राष्ट्रिय फ्री-स्टाइल रोल्लर स्केट प्रतियोगिता सम्पन्न

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : ०२ बजे

विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक

फैलिँदो निराशा : एक वर्षमा झण्डै ७० हजार नेपालीले सधैँका लागि छाडे देश

काठमाडौं– वर्षेनी रोजीरोटी र सुरक्षित जीवनको खोजीमा लाखौँ नेपालीले देश

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

बुटवल– लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

इन्जुरी समयको गोलले चेल्सीलाई एक अङ्क

काठमाडौं – चोटबाट फर्किएर मैदानमा उत्रेका कप्तान रिस जेम्सले इन्जुरी