आजका समाचार : संसदमा प्रधानमन्त्रीकाे जवाफदेखि मुख्यमन्त्री यादवलाई विश्वासकाे मतसम्म | Khabarhub Khabarhub

आजका समाचार : संसदमा प्रधानमन्त्रीकाे जवाफदेखि मुख्यमन्त्री यादवलाई विश्वासकाे मतसम्म


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दिनभर आज कुर्सी हल्लिने डर छैन : प्रधानमन्त्री, संसदमा प्रधानमन्त्रीका १३ जवाफ, यातायातमन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग, तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा, लुम्बिनी प्रदेश : निजामती सेवा नियमावली पारित, मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत, धरानमा प्रहरी र स्थानीयबासीबीच झडपलगायतका समाचारले प्रमुख स्थान पाए।

कुर्सी हल्लिने डर छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको छानबिन गर्दा आफूलाई कुर्सी हल्लिने डर नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफुलाई सरकार हट्ला की भन्ने डर नभएको र आफ्नो ध्यान केन्द्रीत सुशासन कायम गर्नेमा केन्द्रित रहेको बताए ।

उनले आफुलाई कुर्सीको मोह भएको भए भ्रष्टाचारसम्बन्धी प्रकरणको छानबिन नै सुरु नहुने स्पष्ट पारे । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासलगायतका प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान गरेको उनले बताए ।

तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तीन पूर्वसचिव सहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरु भीम उपाध्याय, गजेन्द्र ठाकुर र सञ्जय शर्मा सहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, सदस्यहरु मुकुन्द पौडेल र रुद्रसिंह तामाङलाई प्रतिवादी बनाएको छ ।

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

नेपाली कांग्रेसले सोमबारबाट सुरु हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले आइतबार महासमिति बैठकस्थल ललितपुरको गोदावरीमा पत्रकार सम्मेलन गर्दै बैठकका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महासमिति बैठकको मुख्य उद्देश्य पार्टीको नीति निर्माण गर्नु रहेको कांग्रेसले जनाएको छ । महासमितिको सोमबार दिउँसो पार्टी सभापतिले उद्घाटन गर्ने कार्यक्रम रहको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

गठबन्धनका कारण कांग्रेसको भोट प्रतिशत घट्यो : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका कारण कांग्रेसको भोट प्रतिशत घट्दै गएको बताएका छन् ।

आइतबार काठमाडौंमा महासमिति बैठकमा सहभागी हुन आएका सदस्यहरुका निम्ति आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले सरकारमा सहभागी हुँदा रमाइरहेपनि यसका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएकोप्रति गम्भीर हुन नसकेको बताएका हुन् ।

लुम्बिनी प्रदेश : निजामती सेवा नियमावली पारित

लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ ।

मन्त्रिपरिषद् आजको बैठकले उक्त नियमावली पारित गरेको हो । राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।

मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

आइतबार बसेको मधेस प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले तेश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेशसभा बैठकमा उपस्थित १ सय ४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए भने विश्वासको मतको विपक्षमा ३५ मत परेको थियो ।

समाजवादी मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द विप्लव

नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको छ ।

आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक तोकेको हो ।

धरानमा प्रहरी र स्थानीयबासीबीच झडप

इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेपछि झडप भएको हो

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । साेही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयबासी र प्रहरीबीच झडप भएको छ ।

शब्दले मात्र प्रजातन्त्रको पूजा गरेर पुग्दैन, जनता जनार्दनको कुरा सुनौँ : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले शब्दले मात्र प्रजातन्त्रको पूजा गरेर नपुग्ने बताएका छन् । उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै पूजातन्त्रको पूजा हुने बताएका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै शाहले जनता जनार्दनले जे भन्छन् त्यो सुन्नुपर्ने बताएका छन् । उनले राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनुपर्ने बताए ।

ईशनाथ घटना : सरस्वतीकाे मूर्ति सेलाउन डीआईजीको कमाण्डमा ७ सय प्रहरी परिचालन

रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएकाे हाे ।

बाटो खुलाउने प्रहरीको २४ घन्टा बढीको प्रयास असफल भएर शनिबार दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् । घिउरामा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रबार दिउँसोदेखि नै बाटो अवरुद्ध भएको स्थानमा शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो । झडपमा दुबै पक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या यकिन नभएको जनाएको छ ।

अन्तर्राष्ट्रिय…

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन रिहा

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महिनापछि आइतबार पेरोलमा रिहा भएका छन् । पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो ।

शर्तहरू पालना नभएको अवस्थामा उनीहरूलाई पुनः गिरफ्तार गरी जेलमा फिर्ता गर्न सकिन्छ । स्थानीय समयअनुसार आइतबार बिहान एउटा प्रहरी अस्पतालबाट थाक्सिन कारमा चढेर घर फर्केका हुन् । उनले त्यस अस्पतालमा स्वास्थ्योपचार गरेको र एक वर्षको जेल सजायको छ महिना सोही अस्पतालमा बिताएको सिन्ह्वाका संवाददाताहरूले बताएका छन् ।

खेलकुद…

क्यानडा एघारसँग नेपाल ‘ए’ पराजित

क्यानडा एघारले नेपाल ‘ए’ क्रिकेट टिमलाई पराजित गरेको छ । आइतबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय १६ रन बनाएको थियो ।

स्पेनिस ला लिगा : बार्सिलोनाद्वारा सेल्टा भिगो पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई हराएको छ । गएराती भएको खेलमा सेल्टा भिगोलाई २–१ गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए । उनले खेलको ४५औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको इन्जुरी समयको ७औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ५९ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि