आजका समाचार : रास्वपापछि माओवादी पनि सडकमा, भारतमा बमको हल्ला नेपालसम्म र बढ्यो धनराजकी पूर्वपत्नीको संकट | Khabarhub Khabarhub

आजका समाचार : रास्वपापछि माओवादी पनि सडकमा, भारतमा बमको हल्ला नेपालसम्म र बढ्यो धनराजकी पूर्वपत्नीको संकट


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन्।

सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उनले सो निर्देशन दिएका हुन् ।


बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् रु त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए।

बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएका थिए

सिंहदरबारमा समिति सभापति र सचेतकसँग सभामुखको बैठक

प्रचण्डलाई विष्णु रिजालको सुझाव- शारदाप्रसादको खुमलटार निवास छाडेर एमालेको विरोध गर्नू

कांग्रेस महामन्त्री थापा नयाँ दिल्ली जाँदै

बाढीपीडितलाई माओवादीको एसिया महादेश संगठनद्वारा आठ लाख सहयोग

खानेपानी मन्त्रीको सयदिने सफलता- अवरोधबीच मेलम्चीको पानी काठमाडौं ल्याएँ

प्रतिष्ठानहरूमा एकरूपता हुन जरुरी : मन्त्री पाण्डे

‘अन्तर व्यवस्थापिका संघको महासभामा नेपालको सहभागिता उपलब्धीमूलक’

सरकारविरुद्ध सडकमा माओवादी, जलाइयो प्रधानमन्त्रीको पुत्ला
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

माओवादीको घोषित आन्दोलन बमोजिम क्रान्तिकारीसम्बद्ध विद्यार्थीहरूले मंगलबार साँझ मसाल जुलुस निकालेका हुन् ।


सरकारको विरोध गर्दै माओवादी विद्यार्थीले त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेर निभाएको छ।

तस्बिरहरू

दुई भारतीय कम्पनीका २० जहाजलाई बमले उडाउने धम्की, नेपालमा पनि असर

भिस्ताराको जहाजमा बमको धम्की, त्रिभुवन विमानस्थलमा अवतरणपछि सेनाले सर्च गर्दै

रास्वपाका नौजना सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी, तीन वर्ष कैद र जरिवाना माग

माओवादीले शनिबार काठमाडौंमा जनप्रदर्शन गर्ने

धनराज पूर्वपत्नी ज्योतिविरुद्ध ‘रेड नोटिस’ जारी गर्न सिफारिस

खुर्कोटको बेलिब्रिज सञ्चालनमा

बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको छ ।

बेलिब्रिज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिब्रिजको शुभारम्भ गरेका हुन् ।


गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।

दसैँपछि घोडेपानी र पुनहिलमा बढे पर्यटक

बिरामीको मृत्यु भएपछि मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर, पाँच करोड क्षतिपूर्ति माग

बाढी-पहिरोबाट मृत्यु भएका २३८ जनाका परिवारलाई राहत

डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, ११ जनाको मृत्यु

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुल यसै महिना सञ्चालनमा आउने

बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार

इजरायलमा हिजबुल्लाहको आक्रमण जारी
हिजबुल्लाहले मंगलबार दक्षिणी लेबनानमा इजरायलविरुद्ध ३१ आक्रमण गरेको जनाएको छ। मिसाइल ड्रोन र रकेटसहित आक्रमण गरिएको जनाइएको छ।

गाजमा रहेका प्यालेस्टाइनी तथा लेबनानको रक्षाका लागि यो आक्रमण आवश्यक रहेको जनाएको छ। सोमबार भने इजरायली डिफेन्स फोर्सले १७० प्रोजेक्टाइल हिजबुल्लाहले प्रहार गरेको जनाएको थियो।


यसैबिच संयुक्त राष्ट्र संघले जबालियाको शरणार्थी शिविरमा कुनै पनि मानवीय सहायता नपुगेको जनाएको छ। त्यस स्थानमा दुई साता चलेको इजरायली सैन्य अभियानले सयौँको ज्यान लिएको थियो भने लाखौँको ज्यान गएको थियो। युएन अफिस फर द को अर्डिनेसन अफ ह्युमनेटरियन अफेयर्स (आसिएचए)लाई सहयोग सहित जबैलियाको अल फबुजामा प्रवेश गर्न लगातार चार दिन रोक लगाइएको थियो।

हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु

रूसमा सेना पठाउने उत्तर कोरियाको तयारीले सियोल र नेटो चिन्तित

भारतले ३० टन खाद्यान्न र औषधि सहयोग प्यालेस्टाइन पठायो

प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च

सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट

अफगानिस्तानमा विस्फोट हुँदा तीनजनाको मृत्यु तीन घाइते

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

भारतले प्यालेस्टाइनका लागि ३० टन खाद्यान्न र औषधि सहयोग पठायो

प्रधानमन्त्री पद नत्यागी भागेकी थिइन् शेख हसिना, राष्ट्रपतिले भेटेनन् राजीनामा पत्र

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ७ : ५६ बजे

सङ्घीय निजामती सेवा सञ्चालनसम्बन्धी विधेयक छिट्टै पारित हुन्छ : मन्त्री गुप्ता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

हिजबुल्लाहले लियो इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमणको जिम्मेवारी

एजेन्सी – हिजबुल्लाहले मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरलाई लक्षित

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान भर्ने

काठमाडौं – दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५

मन्त्री यादवको दाबी – जनअपेक्षाअनुसार धेरै काम भएका छन्

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले जनअपेक्षाअनुसार मन्त्रालयले द्रुतगतिमा काम गरिरहेको

धनराजको तर्क – पूर्वपत्नीको गल्तीको दोषी मलाई बनाउने हो भने…

काठमाडौं – नेपाली काङ्ग्रेसका सांसद्‌ एवम्‌ पूर्वमन्त्री धनराज गुरुङले सहकारी