आजका समाचार : मुख्यसचिव अर्याल स्वत:निलम्बितदेखि सुशील प्याकुरेलले राजदूत पद स्वीकारेनन् | Khabarhub Khabarhub

आजका समाचार : मुख्यसचिव अर्याल स्वत:निलम्बितदेखि सुशील प्याकुरेलले राजदूत पद स्वीकारेनन्


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन् ।

साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताए ।

सुशील प्याकुरेलले अस्वीकार गरे राजदूत पद

सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूतका रुपमा जान अस्वीकार गरेका छन् ।

आइतबार एक विज्ञप्ति निकाल्दै उनले यही शुक्रबार मन्त्रिपरिषद् बैठकबाट आफूलाई राजदूतका रुपमा पठाउने निर्णयको सम्मान गर्ने तर उक्त जिम्मेवारी सम्हाल्न नसक्ने जनाएका छन् ।

उनले वर्तमान सरकारले आफूमाथि गरेको विश्वासका लागि आभार प्रकट गरेका छन् । ‘सरकारको यो निर्णय मैले गैर सरकारी संस्थाहरूको अभियान, यस अघिका सरकारद्वारा विश्वासका साथ सुम्पिएको जिम्मेवारीहरू निर्वाह गरेको परिणामका रुपमा ग्रहण गरेको छु’, उनले भनेका छन्, ‘तर यसका साथै यो विषयमा मेरो धारणा सार्वजनिक गर्ने पर्ने आवश्यकता देखेकोले यो प्रेस विज्ञप्ति जारी गर्दैछु ।’

प्रतिनिधिसभा बैठक : विपद् व्यवस्थापनको पूर्वतयारी गर्न माग

प्रतिनिधिसभाका सदस्यहरूले विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् ।

यस वर्षको वर्षायाममा बाढी, पहिरो तथा डुबानको समस्या न्यूनीकरणको पूर्वतयारी र उद्धार एवं पुनःस्थापनामा ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

प्रधानमन्त्रीलाई माओवादीको सिट संख्या जादुवाला लाग्नु स्वाभाविक : महेश बर्तौला
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीको सांसदको संख्याका कारण निरन्तर सरकारको नेतृत्व गर्ने अवसर पाएको प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्यता रहेको टिप्पणी गरेका छन् ।

संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले प्रधानमन्त्री प्रचण्डलाई माओवादीको सिट संख्या जादुवाला रहेको लाग्नुलाई अस्वाभाविक मान्न नसकिने भन्दै अहिलेको अवस्था हेर्दा प्रधानमन्त्रीको अभिव्यक्तिमा केही सत्यता नै रहेको बताएका हुन् ।

राष्ट्रियसभा बैठक : छाउपडीप्रथा उन्मूलन गर्न बनाइएका कानून कार्यान्वयनको माग

राष्ट्रियसभाका सदस्यहरूले छाउपडीप्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन् । छाउपडीप्रथालाई उन्मूलन गर्न बनाइएका नीति तथा कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

राष्ट्रियसभा बैठकको आज विशेष समयमा सांसद रेणु चन्दले छाउपडीप्रथाले समाजिकरुपमा विकृति फैलाएको र महिलामाथि विभेद भइरहेको बताइन् । छाउपडीप्रथा उन्मूलनसम्बन्धी कानूनी र नीतिगत व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेकामा उनले आपत्ति जनाइन् ।

केही व्यक्तिको बदमासीले बदनाम बनेको सहकारी क्षेत्र व्यवस्थित बनाऔँ : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिको बदमासीका कारण बदनाम बनेको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा सहकारी रोजगार मेला समापन कार्यक्रमका बोल्दै मन्त्री अर्यालले समाजमा रहेका केही मानिसहरूले गरेको अपराधका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको र यस क्षेत्र बदनाम भएको भन्दै सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका हुन् ।

सबै भाषा, संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य र संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार सचेत र प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति र दर्शनको विकास गर्न सरकारकातर्फबाट अधिकतम सहयोग गर्ने बताएका हुन् ।

राजीनामा नगरेपछि स्वत:निलम्बित भए मुख्यसचिव अर्याल

अन्त:शुल्कको स्टिकर खरिदमा ३८ करोड ६७ लाख रुपैयाँ भ्रष्टाचार आरोपमा मुद्दा चलेपछि मुख्य सचिव डा. बैकुण्ठ अर्याल स्वत:निलम्बित भएका छन् ।

सुरक्षण मुद्रण केन्द्रबाट अन्त:शुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले बहालवाला मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा चलाएको छ ।

यी हुन् मुख्यसचिवसहित भ्रष्टाचारमा तानिएका १२ जना, ३८ करोड ६७ लाख बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।

सुरक्षण मुद्रण केन्द्रबाट अन्त:शुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले बहालवाला मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा चलाएको हो ।

लीलादेवी गडतौलाले कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा।वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् ।

अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् ।

गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दा हेर्दैमा राखिएको छ । आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । आज सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।

देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

आइटी आर्मीको आन्दोलन : ८औं दिन कालोपट्टी बाँधेर वैदेशिक रोजगार विभागमा घेराउ

आम जनता पार्टीको भातृ संगठन आइटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि आन्दोलन जारी राखेको छ । आज (आइतबार) आन्दोलनको ८औं दिन पनि आइटी आर्मीले आन्दोलनलाई जारी राखेको छ ।

विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्नेलगायतका माग राखेर आइटी आर्मी आन्दोलित छ ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा दबाबको अभ्यास गर्दै अर्थमन्त्री

भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प

भारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो

कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित

विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ०१ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले