आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म | Khabarhub Khabarhub

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

मन्त्रिपरिषद् बैठक

 सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरि काठमाडौं उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्म कैद

प्रचण्डसँग बाबुरामको आक्रोश

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ छाडिदिनु गम्भीर गल्ती भएको बताएका छन् ।

श्रीमती एवम् नेतृ हिसिला यमीसहित हाल गृहजिल्ला गोरखामै रहेका पूर्वप्रधानमन्त्री भट्टराईले २०७९ मंसिरको चुनावमा गोरखा क्षेत्र नम्बर २ प्रचण्डलाई छाडिदिएर आफूले पछुतो मान्ने अवस्था आएको बताएका हुन् ।

यसअघि जित्दै आएको उक्त क्षेत्रमा २०७९ मंसिरको प्रतिनिधि सभा चुनावमा भट्टराईले प्रचण्डलाई छाडिदिएका थिए ।

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् ।

राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन्।

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

१६औं योजना स् समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’-अर्थमन्त्री

नक्कली भुटानी शरणार्थी प्रकरण 
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका प्रतिवादीले दिएको निवेदन उपर सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ सकिएको हो ।


पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्व सभासद् आङटावा शेर्पा, मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारीसहित ९ जनाले थुनामुक्त गर्नुपर्ने माग राखेर निवेदन दिएका हुन् ।

हज समितिका अध्यक्ष शमशेर मियाँले आफूसँग उच्च अदालतले लिएको १० लाख धरौटी बदर गर्न माग गरेका छन् । शरणार्थी प्रकरणमा बिहीबार नै आदेश आउने बताइएको छ ।

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका(१ मा कम्तीमा १३ घर जलेका छन् । आगलागीबाट ११ परिवारको विचल्ली भएको छ ।

बुधबार दिउँसो स्थानीय सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा खाली तीनवटासहित १३ घर, ७ वटा मतान, २ वटा गोठ, १ वटा बाख्राको खोर र एउटा भान्सा घर जलेका हुन् ।

डढेलोले बराहपोखरीको भिरगाउँका मोहनलाल थापा मगरका दुईवटा घर र मतान, पूर्णबहादुर मगरको एउटा घर र तीनवटा मतान, भद्रसिं हमगरको घर र दुई वटा गोठ जलेका छन् ।

त्यस्तै सुवास थापा मगरको घर र मतान र मदन थापा मगरको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले बताए ।

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

अन्तर्राष्ट्रिय…

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु
भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् ।


आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ । यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ ।

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड!

 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ८ : ०० बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको