आजका समाचार : संसद्‍मा एमाले-माओवादी दोहोरी, समाजवादीबाट किनारातिर रामकुमारी, फाइनलमा चुक्यो नेपाल | Khabarhub Khabarhub

आजका समाचार : संसद्‍मा एमाले-माओवादी दोहोरी, समाजवादीबाट किनारातिर रामकुमारी, फाइनलमा चुक्यो नेपाल


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

‘हिंसा’ शब्दलाई लिएर संसद्‍मा एमाले-माओवादी भनाभन

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दोहोरी चलेको छ ।

प्रतिनिधिसभामा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे जनयुद्धलाई हिंसा भनेपछि विवाद भएको हो ।

टीआरसी विधेयक सभामुखबाट प्रमाणीकरण, राष्ट्रपति समक्ष पठाइयो

सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएका छन् ।

सभामुख घिमिरेले बुधबार सो विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

हेर्ने कथा प्रभाव : प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता उपलब्ध गराउने पहल सुरु गरेका छन् ।

पत्रकार विद्या चापागाइँले तयार पारेको ‘हेर्ने कथा मार्फत चर्चामा आएका प्रकाशलाई नागरिकताको आवश्यकता महसुस गरी प्रधानमन्त्री ओलीले गएराति नै गृह सचिव एकनारायण अर्याललाई व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

आरजुसँगै जहाजमा धनगढी पुगेका प्रचण्डले भने- ‘हेल्लोहाई’ मात्रै भयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेपाली कांग्रेसकी नेतृ एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बुधबार एकै जहाजमा धनगढी पुगेका छन् ।

प्रचण्ड माओवादीका सबैजसो पदाधीकारीसहित पार्टीको कार्यक्रममा धनगढी पुगेका हुन् ।

उपमहासचिवमा पराजित जीवनरामले छाडे पार्टी कार्यालय सचिव पद

नेकपा (एकीकृत समाजवादी)को उपमहासचिव पदमा पराजित भएपछि नेता जीवनराम श्रेष्ठले पार्टीको कार्यालय सचिवबाट राजीनामा दिएका छन् ।

श्रेष्ठले २०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । असारमा १६-२० मा भएको महाधिवेशनपछि सर्वसम्मत चयन ९३ सदस्यीय केन्द्रीय कमिटीले प्रज्ञा भवनबाट उनैलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो ।

एकीकृत समाजवादीका यी चर्चित नेता पदाधिकारीमा पराजित (मतसहित)

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी पराजित

एकीकृत समाजवादी काठमाडौंका उपाध्यक्ष र सचिव एमालेमा फर्किए


नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपानेलगायत नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार पार्टी परित्याग गरेका नेताहरू बुधबार नेकपा एमालेमा फर्किएका हुन् । उनीहरू माधवकुमार नेपालले विभाजन गर्दा एमालेबाटै समाजवादीमा गएका थिए ।

सर्वोच्चले सुनाउन सकेन अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला

पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा बुधबार पनि सर्वोच्च अदालतले फैसला सुनाउन सकेन ।

सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले फैसला सुनाउने अपेक्षाविपरीत अन्तिम निर्णय फेरि पछि धकेलिएको हो ।

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरू सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरू सञ्चालनमा जोड दिए ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृह मन्त्रालयले पूर्णरुपमा काम गर्ने वचनबद्धता व्यक्त गरे ।

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन् ।

दुधमती नदीको सीमा निर्धारण र उत्खनन गरिने

ऐतिहासिक तथा धार्मिक महत्त्वको दुधमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन गरिने भएको छ ।

अहिले नदीको केही भाग डम्पिङ साइट बनेको छ । केही भागको जग्गा अतिक्रमण भएको छ । नदीको अस्तित्व नै धरापमा पुगेपछि सीमा निर्धारण तथा उत्खनन गर्न मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चासो देखाएका छन् ।

अर्थसंक्षेप : चुहावट नियन्त्रण गरी राजस्व लक्ष्य भेट्ने सरकारी निर्णय, १४ अर्ब तल झर्‍यो नेप्सेको कारोबार

अन्तर्राष्ट्रिय…

ममताको चेतावनी- बंगालमा आगो लगाए दिल्ली पनि जल्नेछ, मोदीको कुर्सी हल्लाउँछौँ

कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि भएको हत्यालाई लिएर समग्र भातरकै राजनीति गर्माएको छ ।

डाक्टरलाई अस्पतालमै बलात्कारपछि हत्या प्रकरणलाई लिएर भारतीय जनता पार्टीले निरन्तर घेर्ने प्रयासलाई मुख्यमन्त्री ममता बेनर्जीले तोड्ने कोसिस गरिरहेकी छन् ।

बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने ममता बेनर्जीको घोषणा

जापानमा आँधीपछि गएको पहिरोमा चार जना बेपत्ता

आईसीसी अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित

खेलकुद…

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए ।

त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औँ मिनेटमा गरेका थिए । त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औँ मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए ।

घरेलु मैदानमा नेपाल स्तब्ध, बंगलादेश बन्यो च्याम्पियन (तस्बिरहरू)

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : ५७ बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा