आजका समाचार : सरकार-शिक्षक सहमतिको विरोध, श्रमिक दिवस मनाइयो र अमेरिका-युक्रेनबीच खनिज सम्झौता | Khabarhub Khabarhub

आजका समाचार : सरकार-शिक्षक सहमतिको विरोध, श्रमिक दिवस मनाइयो र अमेरिका-युक्रेनबीच खनिज सम्झौता


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एमालेले विधान महाधिवेशनसम्म साढे सात लाख पार्टी सदस्यता पुर्‍याउने
नेकपा(एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्‍याउने जनाएको छ ।

एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको बताए ।

उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । ‘नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ,’ उनले भने, ‘त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।’

सरकार-शिक्षक सहमतिको विरोधमा उत्रिए विद्यालयका कर्मचारी

कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह

विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको छ : महासचिव पोखरेल

श्रमसंसार पोर्टलमार्फत सहजै रोजगारी पाउने अवस्थामा सृजना भयो : श्रममन्त्री भण्डारी

प्रचण्ड र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

शिक्षक महासंघको कार्यक्रममा तनाव, माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आक्रोशित

पहुँच र भनसुनले रोजगारी पाइन्छ भन्ने भाष्य अन्त्य गर्छौँ : मन्त्री भण्डारी

श्रमिकलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बढाउने गरी बजेट ल्याउनुपर्छ : सभापति देउवा

विमलेन्द्रको आग्रह- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा समर्थन गरौँ

नेपाललाई एमसीसीले ठूलो आर्थिक संकटमा पारिदियो : सुरेन्द्र पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसी रोकिँदा नेपाललाई झन् अप्ठ्यारो परेको बताएका छन् ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि करिब १०२ अर्बको एमसीसी परियोजना बन्द हुँदा देश तरङ्गित भइरहेका बेला पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले यस्तो भनेका हुन् ।

सेन्टर फर पोलिसी रिसर्चले बिहीबार ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने- ‘अहिले एमसीसी रोकिनु नेपालका लागि कास्टिङ हो । अहिले अमेरिकाले दिने भनेको ५५ करोड डलरको करिब ७५ अर्ब रुपैयाँ नेपाली पैसा रोकिएको छ । त्यसमा नेपालले १४ अर्ब हाल्ने भनेको थियो । तर, २७ अर्ब पुग्दा १०२ अर्बको परियोजना रोकिने भयो ।’

उनले अब नेपालका लागि एमसीसी निल्नु न ओकल्नु बनेको पनि बताए । ‘अहिलेसम्म तीनवटा ठेक्का लागेको छ। तीनवटा ठेक्कालाई मात्रै पनि नेपालले लगानी गर्नुपर्ने बाध्यता आएको छु,’ उनले भने, ‘एमसीसी कार्यान्वयनको १९ महिना सकियो । नेपालले अबको ३ वर्षमा प्रतिवर्ष ३४ अर्ब निकाल्नु पर्छ।’

पाण्डेले लागिसकेका तीनवटा ठेक्काको काम बढाउनै पर्नु बाध्यतामा नेपाल रहेको बताएका छन् ।

समाज विकासको प्रणेता श्रमिक हुन् : प्रचण्ड 

समृद्धिको यात्रामा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

जसपा नेतृ सिंहले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद, हल्दी समारोहमा गरेकी थिइन् फायर

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ :  प्रधानमन्त्री

प्रधानमन्त्रीबाट कोशी लगानी सम्मेलनको उद्‌घाटन

खानेपानीमन्त्रीले भने- शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्नेछ 

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत : कमल थापा

शुद्ध खानेपानी व्यवहारिक हक बन्ने छ : मन्त्री यादव

शारीरिक र बौद्धिक श्रम गर्ने सबै श्रमिकलाई सम्मान गर्नुपर्छ : बाबुराम भट्टराई

युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्छ : मुख्यमन्त्री सिंह

काठमाडौं महानगरका प्रमुख र जापानी राजदूतबीच भेटवार्ता
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो । प्रमुख शाहको कार्यकक्षमा भएको भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गर्दै सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराएका थिए ।

भेटका क्रममा राजदूत तोरुले, काठमाडौं र जापानका शहरहरुबीच शहरी आचरण सम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको बताए ।

प्रधानमन्त्रीको स्टन्टले भारतसँग सम्बन्ध बिग्रियो : प्रभु साह
‘श्रमिकको पसिना र समर्पणले समाज बाँचेको छ’

जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन

सरकारसँग ९ बुँदे सहमतिपछि आन्दोलनकारी शिक्षकलाई अध्यक्षको आभार : कमेन्टमा गालीको वर्षा

भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय

माओवादी अध्यक्ष प्रचण्डबाट श्रमिक दिवसको शुभकामना

दिवसले छोएन मजदुरलाई, काममै व्यस्त (तस्बिरहरू)

श्रमिक दिवसले छोएन इँटाभट्टाका मजदुरलाई (तस्बिरहरू)

अमेरिका र युक्रेनले गरे खनिज सम्झौता
अमेरिकाले युक्रेनसँग खनिज सम्झौता गरेको छ। लामो समयको उतार चढावपछि भएको यो सम्झौताले युक्रेनको दुलर्भ खनिजमा अमेरिकी पहुँच पुगेको छ।

अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा दुई देश बीचमा ‘रि कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ गठन भएको छ। केही मिनेट अघि दुवै पक्ष मिलेर सहमतिमा केही संशोधन गरेपछि यो बाटो अघि आएको हो।

वक्तव्यमा जनाइए अनुसार किभको पुनः सुधारका लागि दुई पक्षीय समझदारी, दुवै पक्षको प्रतिभा र क्षमताको उपयोग गर्ने चाहना भएको उल्लेख छ। फेब्रुअरी महिनामा नै खनिज सम्झौता तय भए पनि यी अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचको तनावको वातावरणले स्थगित भएको थियो।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका छन्।

गाजा युद्ध विराम भंग भएपछि ५९५ बालबालिका मारिए

ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

बङ्गलादेशमा तीन दिने सामूहिक राजनीतिक र्‍याली सुरु

युक्रेन र अमेरिकाद्वारा खनिज सम्झौतामा हस्ताक्षर

भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरण समावेश गर्ने















प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : ५७ बजे

जलवायु परिवर्तनको जोखिम घटाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौं – उपराष्ट्रपति राम सहाय प्रसाद यादवले जलवायु परिवर्तनको बढ्दो

भारतको किट विश्वविद्यालयकाे छात्रावासमा नेपाली छात्रा मृत फेला

काठमाडौं – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

काठमाडौं – छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय

रातो मछिन्द्रनाथको रथयात्रा सुरु, आज गावहाल पुर्‍याइयो

ललितपुर – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरसहित तीनजना पक्राउ

जनकपुरधाम – डिभिजन वन कार्यालय धनुषाले अवैध रुपमा सामुदायिक वनबाट