काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।
यस्तो छ शक्तिशाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
नेपाली कांग्रेस र नेकपा एमालेसहित सात दल सम्मिलित शक्तिशाली सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रममा सरकारले जलवायु परिवर्तन तथा स्वास्थ्य चुनौतीको समाधानको ‘क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट’को विकास गरिने जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरे । उनले सङ्क्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गरिने पनि उल्लेख गरे ।
गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गरिने
युवालाई आर्थिक र सामाजिक रूपान्तरणमा परिचालन गरिने
सरकारको आर्थिक नीति : सुझाव आयोगको प्रतिवेदन सम्बोधन, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने
दुर्गम क्षेत्रमा विशेषज्ञ सेवासहित यस्ता छन् सरकारका स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रम : शिक्षा क्षेत्रमा के भन्यो सरकारले ?
नागरिक उड्डयन र हवाई सेवासम्बन्धी विधेयक यसै अधिवेशनमा पारित गर्ने सरकारको नीति
सरकारले नीति तथा कार्यक्रम गुणात्मक ल्याउछ भन्ने अपेक्षा थियो : बाबुराम भट्टराई
माओवादीले भन्यो- नीति तथा कार्यक्रममा नयाँपन छैन, जनतामा आशा जगाउन सक्दैन
नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ?
कृषिलाई आधुनिक र व्यावसायिक बनाइने
नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल
महिला बेचबिखन तथा ओसारपसारमा शून्य सहनशीलता अपनाइने

सरकारले महिलाविरुद्ध हुने शोषण, हिंसा र भेदभाव अन्त्य गर्ने उद्देश्यले महिला बेचबिखन तथा ओसारपसारमा शून्य सहनशीलता अपनाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेले भने, ‘मानव बेचबिखन तथा ओसारपसारमा शून्य सहनशीलता अपनाउँदै लैङ्गिक हिंसापीडितका लागि तत्काल संरक्षण, उद्धार र मनोसामाजिक परामर्श र न्यायिक निरूपण र पीडकलाई कडा कारबाही गरी पीडितको समाजमा पुनः स्थापना गरिनेछ ।’
महिला सशक्तीकरणको लागि उद्यमशीलतामा जोड
तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध : राष्ट्रपति
सार्वजनिक यातायात सर्वसुलभ, सुरक्षित र भरपर्दो बनाइने
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगलाई क्रियाशील बनाइने
रुग्ण र समस्याग्रस्त आयोजनामा कटौती, नतिजा दिन नसक्ने संस्था खारेज
भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रका रूपमा विकास गरिने
संसद्को चालु अधिवेशनबाटै शिक्षा विधेयक पारित गरिने
क्षितिज थेवेकै गृहजिल्लाको युवा संघमा भाँडभैलो, अधिवेशन हलमा कुर्सी हानाहान

ताप्लेजुङ– राष्ट्रिय युवासंघ नेपाल ताप्लेजुङको जिल्ला अधिवेशनमा भाँडभैलो भएको छ।
केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा बिहीबार उद्घाटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो । तर विवाद भएका कारण नयाँ समिति चयन प्रक्रिया रोकिएको छ ।
जलवायु परिवर्तनको जोखिम घटाउन उपराष्ट्रपतिको आग्रह
यस्तो छ सरकार र शिक्षकहरूबीच भएको ९ बुँदे सहमति
खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त
सरकार-शिक्षक सहमतिको विरोधमा उत्रिए विद्यालयका कर्मचारी
राष्ट्रपति पौडेल संसद् भवन पुग्दा चहलपहल (तस्बिरहरू)
एमालेले विधान महाधिवेशनसम्म साढे सात लाख पार्टी सदस्यता पुर्याउने
नेकपा(एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।
एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए ।

उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । ‘नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ,’ उनले भने, ‘त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।’
सरकार-शिक्षक सहमतिको विरोधमा उत्रिए विद्यालयका कर्मचारी
माओवादीलाई एमालेको सुझाव- शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउनुस्
संसद्बाट भन्सार विधेयक बहुमतले पारित
सुनीता डंगोल भन्छिन्- सोसल मिडियामा झगडा छ, महानगरमा छैन (भिडियोसहित)

खोटाङको सदरमुकाम रहेको नगरपालिकाको हो – दिक्तेल रुपाकोट मझुवागढी । उक्त नगरपालिकाका मेयर तीर्थराज भट्टराई विहीबार काठमाडौंको सोल्टीमोडस्थित हायात सेन्ट्रिङ होटलमा आइएसएसआरले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी भए । मेयर भट्टराईले काठमाडौंकी उपमेयर सुनीता डंगोललाई खरो प्रश्न तेर्स्याए ।
जलवायुसम्बन्धी कार्यक्रममा राजनीतिक प्रश्न उठेको भन्दै डंगोलले त्यसको प्रतिवाद गरिन् । काठमाडौं महानगरपालिकाका मेयर (बालेन्द्र) सँग आफ्नो झगडा नरहेको, सोसल मिडियामा मात्र झगडा रहेको उनले दाबी गरिन् ।
रेशम चौधरी रिहा
रेशम चौधरी छुटेका छन् । डिल्लीबजार कारागारबाट चौधरी छुटेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।
उनलाई लिन जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मूक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू पुगेका छन्।

‘नाउपा संरक्षक छुट्नुभएको छ अब हामी केही समयपछि बैठक गर्दैछौँ । पार्टी एकता कहिले गर्ने भन्ने अहिले निर्णय भएको छैन।’
प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी
महिमानसिंहले कारागारलाई लेखेको पत्र अनधिकृत, कार्यान्वयन नगर्न पत्राचार
रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता
फूलमाला लिएर रेशमलाई लिन डिल्ली बजार कारागार पुगे कार्यकर्ता
रेशमलाई थुनामा राख्न सर्वोच्चले दिएको पत्र कुनै ढड्डामा भेटिएन
प्रधानमन्त्रीसमक्ष एकीकृत समाजवादीको संविधान संशोधन प्रस्ताव
नेकपा एकीकृत समाजवादीले संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरिनुपर्ने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै प्रतिपक्षी एकीकृत समाजवादीले संविधान कार्यान्वयनको पुनरावलोकन गरेर संशोधनको प्रस्ताव गरेको हो ।
‘शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।
अहिले संविधान संशोधनको विषय विभिन्न रूपमा उठे पनि विरोधाभाष रहेको एकीकृत समाजवादीले ज्ञापन पत्रमा उल्लेख छ । विरोधाभाषको अवस्थामा संविधान संशोधनको मुद्दा उठाएर जानीजानी मुलुकलाई झन् डर लाग्दो अन्योलतर्फ धकेल्ने प्रयास भइरहेको एकीकृत समाजवादीको ठहर छ ।
‘अहिले संविधान संशोधनको विषय विभिन्न रूपमा उठेको छ । तर, कस्तो विरोधाभाष छ भने हामीले संविधान कार्यान्वयनको पुनरावलोकनसमेत गरेका छैनौँ,’ ज्ञापन पत्रमा लेखिएको छ, ‘यस अवस्थामा संविधान संशोधनको मुद्दा उठाएर या त जानीजानी मुलुकलाई झन् डर लाग्दो अन्योलतर्फ धकेलिँदै छ वा राजनीतिक नेतृत्वका नालायकी लुकाउन खोजिँदै छ ।’
राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन : एकीकृत समाजवादी
सांसद योगेश एसियाली फोरम अफ पार्लियामेन्टेरियन्सको युवा समिति अध्यक्षमा निर्वाचित
गगन थापालाई अदालतले माग्यो लिखित जवाफ
सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले महामन्त्री थापासँग लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी गरेपछि अधिवक्ताहरू विशाला थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले आइतबार सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र स् अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र त्यसविरुद्ध परेको रिटमाथि भइरहेको अदालती कारबाहीबारे टिप्पणी गरेका थिए ।
महामन्त्री थापाले यसो भनेका थिए –सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई, अढाई, तीन वर्षदेखि तँलाई हान्दिऊँ, तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई-नभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ, कहिले पर्सि हेर्ने भन्छ । त्यो, त्यसले के गर्छ ?
अदालतको विश्वासप्रति प्रश्न गराउँछ । यो विषय एउटा संवैधानिक नियुक्ति भएको विषय, त्यो आयोगले गरेको काम, त्यसमा भएको नियुक्ति भएका मानिसहरूको टर्म सकिन लागिसक्यो । जान लागिसक्यो ।
जसपा नेतृ सिंहले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद, हल्दी समारोहमा गरेकी थिइन् फायर
आवासीय चिकित्सकले निर्णय भएकै मितिदेखि सरकारी सरह निर्वाह भत्ता पाउने
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ ।
आयोगको गत माघ २५ गतेको १६ औँ बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार सात सय ३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो ।

बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबीबीएस र बीडीएसको सीट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवदन स्वीकार गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीसमक्ष कार्यदलका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले प्रतिवेदन हस्तान्तरण गरे ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पामाथि कारबाहीको माग
वर्षमानसँग चौथाइवालेले भने- राजावादी आन्दोलनमा भारतको समर्थन र सद्भाव छैन
आकर्षणको केन्द्र बन्दै बागलुङको छहरे झरना

बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षणको केन्द्र बनेको छ । केही वर्ष अघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो ।
गाउँपालिकाले विसं २०७५ देखि झाडीले ढाकिएको झरनालाई व्यवस्थित बनाउँदै आएको छ । घना जङ्गलबाट पहरामा ठोकिँदै झर्ने झरना निकै मनमोहक छ । पर्यटकलाई आकर्षित गर्नका लागि झरना वरपर मन्दिर, भजनकीतनस्थल, रेलिङसहितको पदमार्ग, विश्राम स्थल निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।
कालीगण्डकी तर्न साँघुको भर, स्थानीयलाई सास्ती
कालीगण्डकी करिडोर : राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
लेकसाइड जाने बाटोका भित्तामा बनाइयो आकर्षक चित्र
छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न छेके र बाजु लेकतिर
छ महिनामा दुई हजारबढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
पाथीभरा केबलकारबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीचको मतभेद लगानी सम्मेलनमा पोखियो

पाथीभरा केबलकार निर्माणबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीच मतभेद ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको केबलकार निर्माणबारे कोशी प्रदेश सरकारभित्रको मतभेद सार्वजनिक रुपमा छताछुल्ल भएको छ।
प्रदेशका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामबीच पाथीभरा केवलकारलाई लिएर सार्वजनिक रुपमै मतभेद पोखिएको हो ।
भारतमा नेपाली छात्राको मृत्युको छानबिनका लागि पराष्ट्रमन्त्रीको कूटनीतिक पहल
भारतको किट विश्वविद्यालयकाे छात्रावासमा नेपाली छात्रा मृत फेला
जापानको बेरोजगार दर २.५ प्रतिशत

जापानको औसत बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बिन्दुले घटेर २.५ प्रतिशतमा झरेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२५ को मार्चसम्ममा रोजगारीमा जोडिने व्यक्तिको सङ्ख्या तीन लाख ७० हजारले बढेर छ करोड ७९ लाख ३० हजार पुगेको छ ।
रोजगारीको गिरावट सन् १९५३ देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थाले यताकै उच्च हो भने बेरोजगारको सङ्ख्या ३० हजारले घटेर १७ लाख ५० हजारमा झरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
पाकिस्तानमा कार दुर्घटनामा आठ जनाको मृत्यु
एनपीआर, पीबीएस सार्वजनिक कोष कटौती गर्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
अमेरिकी व्यापार वार्ताको प्रस्तावप्रति चीन खुला तर भन्सार शुल्क समाप्त गर्ने चाहना
कलिंगा इन्स्टिच्युटमा अध्ययनरत प्रिशा मृत्युबारे निष्पक्ष छानबिन गर्न नेपाली दूतावासको अपिल
युक्रेन खनिजका भण्डार रूसको कब्जा क्षेत्रमा
अमेरिका र युक्रेनले गरे खनिज सम्झौता
अमेरिकाले युक्रेनसँग खनिज सम्झौता गरेको छ। लामो समयको उतार चढावपछि भएको यो सम्झौताले युक्रेनको दुलर्भ खनिजमा अमेरिकी पहुँच पुगेको छ।
अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा दुई देश बीचमा ‘रि कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ गठन भएको छ। केही मिनेट अघि दुवै पक्ष मिलेर सहमतिमा केही संशोधन गरेपछि यो बाटो अघि आएको हो।

वक्तव्यमा जनाइए अनुसार किभको पुनः सुधारका लागि दुई पक्षीय समझदारी, दुवै पक्षको प्रतिभा र क्षमताको उपयोग गर्ने चाहना भएको उल्लेख छ। फेब्रुअरी महिनामा नै खनिज सम्झौता तय भए पनि यी अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचको तनावको वातावरणले स्थगित भएको थियो।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया