आजका समाचार फेसबुकसहितका सामाजिक सन्जाल बन्दले हलचल, माओवादीको आन्दोलन दशैँपछि, रामहरी फेरि सभापति भए र भारत–चीनलाई नधम्क्याउन ट्रम्पलाई पुटिनको चेतावनी  | Khabarhub Khabarhub

आजका समाचार फेसबुकसहितका सामाजिक सन्जाल बन्दले हलचल, माओवादीको आन्दोलन दशैँपछि, रामहरी फेरि सभापति भए र भारत–चीनलाई नधम्क्याउन ट्रम्पलाई पुटिनको चेतावनी 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन

सामाजिक सञ्जालको मातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले खबरहबलाई बताएअनुसार मेटाका प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।

‘मेटाका प्रतिनिधिले सूचीकरणमा जानका लागि आवश्यक प्रक्रिया र कागजपत्रबारे जिज्ञासा राख्दै सम्पर्कमा आएका छन्’, ठाकुले भने, ‘तर उनीहरू औ‍पचारिक रुपमा निवेदनसहित आएका छैनन् । उनीहरूले चासो राखेपछि हामीले आवश्यक प्रक्रिया बताइदिएका छौँ ।’

ठाकुरका अनुसार सूचीकरणका लागि आवश्यक कागजपत्र र कानुनी प्रक्रियाको विवरण मेटालाई बिहीबार नै पठाइएको छ ।नेपालसहित विश्वभर सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जालमध्ये एक फेसबुक रहेको छ। तर फेसबुकको मातृसंस्थालाई पटक पटक आग्रह गर्दा पनि सूचीकरण हुन अस्वीकार गर्दै आएको थियो ।

सामाजिक सञ्जाल बन्द गराउने यी सात उपदफा

सञ्चार मन्त्रालय भन्छ : निष्क्रिय गरिएका सामाजिक सञ्जाल सूचीकरण गराएमा खुल्छन्

काठमाडौंका ३० प्रतिशत व्यवसायी फेसबुकमा निर्भर, हतारको निर्णयले अपराध बढ्ने चेतावनी

सामाजिक सञ्जाल दर्ता गरेर मात्र चलाउन सर्वोच्चको आदेश

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय 

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आईसपीलाई प्राधिकरणको पत्र

गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो

रामकुमारीको तर्क- वाक स्वतन्त्रता चाहिन्छ तर सामाजिक सञ्जाल गाली गर्ने थलो बने

दशैं– तिहार मनाएर माओवादीले सरकारविरुद्ध आन्दोलन थाल्ने

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ठूला चाडपर्व (दशैँ-तिहार) पछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएर सुशासन कमजोर भएकाले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

सडक संघर्ष गर्दा संविधानले उल्लेख गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादोन्मुख राज्यव्यवस्थाका स्वरुप र त्यसका प्रष्ट दृष्टिकोणबारे जनमत सिर्जना गर्दै जाने उनले बताए ।

त्यस्तै बैठकले भाद्र २१ गतेबाट पुन सुरु हुने पार्टीको मध्यपहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको उनले जानकारी दिए । उनले अभियानका सन्दर्भमा ठूला सभाभन्दा अन्तरक्रिया, अन्तरसंवादमा जोड दिने निर्णय भएको उल्लेख गरे ।

प्रवक्ता सापकोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा अध्ययन गर्ने उल्लेख गर्दै प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर उद्यत भएको देखिएको बताए ।

नवनियुक्त आईजीपी चन्द्रकुवेर खापुङले लगाए दर्ज्यानी चिह्न

कर्ण थापाले एमालेमा दर्ता गराए फरक मत

माओवादीले भन्यो- सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्यो

भारतका प्रधानन्यायाधीश नेपालमा 

देउवाले भने- कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छु

रामहरि खतिवडाले गरे संसदीय सुनुवाइ समितिको सभापतिका लागि मनोनयन दर्ता

एमालेको सचिवालय बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन पास हुने 

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ : राष्ट्रपति पौडेल

भारतीय मिडियाको दाबी : ओलीको भारत भ्रमण नहुने सम्भावना छ
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ । भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो ।

समाचारमा ओलीको १५ सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमण नहुने सम्भावना रहेको दाबी गरिएको छ । यसै साता मोदी र ओलीबीच चीनको थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनको साइडलाइनमा संक्षिप्त भेट भएको थियो ।

पछिल्लो समय चीन र भारतले लिपुलेकको प्रयोगबारे एकपक्षीय सम्झौता गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला नयाँ दिल्ली रुष्ट बनेको समाचारमा उल्लेख छ । यसअघि ओलीले गत शनिबार चिनियाँ राष्ट्रपति सी जिन्पिङसमक्ष यसबारे कुरा राखेका थिए । भारत अधिनस्थ लिपुलेकमा नेपालको दाबीलाई नयाँ दिल्लीले अस्वीकार गर्दै आएको छ ।

सामाजिक सञ्जाल प्रदायक कम्पनीलाई सरकारले दिएको अल्टिमेटम जनहित विपरीत : रास्वपा

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग माग्यो जीएसआई समर्थन र जापानविरुद्धको परेडबारे धारणा 

राष्ट्रिय सभाबाट पारित भएको निजामती सेवा विधेयक प्रतिनिधि सभामा टेबुल हुने

नक्सांकन कार्यमा ढिलाइ : समय सीमा थप गर्न सांसद राणाको आग्रह

‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’

सांसद श्रेष्ठको व्यङ्ग : भ्रष्टाचार, अत्याचार बन्द हुन्छ भन्ठानेको, सामाजिक सञ्जाल पो बन्द हुन लागेछ

लेखजंगको उम्मेदवारी तलमाथि नहुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा उपनिर्वाचनका लागि अघि सारेका डा। लेखजंग थापाको उम्मेदवारीबारे सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले गत साउन ४ गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको प्रावधानलाई हेरेर सामाजिक सञ्जालमा थापाको उम्मेदवारीबारे चर्चा चलिरहेको हो ।

प्रदेश सभा निर्वाचन २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश गरिएको नाम यथावत रहेका कारण उनी आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने देखिएको हो । उक्त विज्ञप्तिमा ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको’ उल्लेख छ ।

त्यही बुँदालाई ‘हाइलाइट’ गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बिहीबार बिहानैबाट थापाको तस्बिर राखेर उम्मेदवारीबारे प्रश्न गरिरहेका छन् । थापाको नाम नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश थियो ।

बदन भण्डारीमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग

सहकारी ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक : मन्त्री अधिकारी

दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको संकेत 

नेताका कुरा समाजले र समाजका कुरा नेताले पत्याउन्नन् : उषाकिरण  

व्यावसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् दिगो हुँदैन : मन्त्री खड्का

पूर्व राष्ट्रपतिको सदस्यता विवाद होइन, आकाङ्क्षा र निर्णयबीच अन्तर विरोध हो : एमाले महासचिव

‘प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको प्रतिष्ठा बढेको छ’

उपत्यका प्रहरीको उर्दी- राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाऔँ
नेपाल प्रहरीले काठमाडौं उपत्यकावासीलाई अबेर राति र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी लाएर खाना नपकाउन ‘उर्दी’ जारी गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक सूचना जारी गरेर राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन ‘उर्दी’ जारी गरेको हो ।

प्रहरीले ध्वनि, धुवाँ र फोहर प्रदशुषणमुक्त छिमेकी अभियानको थालनी गर्न भन्दै जारी गरेको सूचनामा बिहान नृत्य कर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने काम नगर्नसमेत भनेको छ ।

सूचनामा मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न र ठूलो आवाज आएमा छिमेकभन्दा पर लगेर चालु गर्न पनि भनिएको छ ।

देउवाले भने- कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छु

होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

‘प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको प्रतिष्ठा बढेको छ’

कन्य च्याउको बिउ उत्पादन गरिँदै

उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो

एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निर्माण गरिँदै

झुम्का कारागारमा भाइरलको प्रकोप, तीन कैदीको ज्यान गयो

पुटिन बोले : ट्रम्पले भारत–चीनलाई धम्क्याउन बन्द गरून्, ट्यारिफले कोही डराउँदैन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत र चीनलाई ट्यारिफको नाममा धम्क्याउने काम रोक्न चेतावनी दिएका छन्। उनले भारत र चीन दुवै देशहरू धम्कीबाट डराउने राष्ट्रहरू नभएका पनि बताएका छन् । चीनको भिक्ट्री डे परेडमा सहभागी भएपछि बुधबार मिडियासँग कुरा गर्दै पुटिनले भने, ‘ट्रम्प भारत वा चीनसँग यस किसिमले कुरा गर्न सक्दैनन्।’

रूसी राष्ट्रपति पुटिनले भारत र चीनको इतिहास कयौँ आक्रमणहरूले भरिएको पनि बताए । यदि यी देशका नेताले कमजोरी देखाए भने उनको राजनीतिक करिअर समाप्त हुने पनि बताएका छन् ।

ट्रम्पले पटक–पटक आरोप लगाउँदै तेल खरिद गरेर भारतले युक्रेन युद्धमा रूसलाई साथ दिइरहेको बताइरहेका छन् । ट्रम्पले आफ्नो ट्यारिफलाई युद्ध रोक्ने हतियारका रूपमा प्रस्तुत गर्दै आएका छन्।

पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते

रूसमा नयाँ सवारीसाधनको बिक्री २५ प्रतिशत घट्यो

उत्तर प्रदेशमा नेपाली नागरिक आउने क्रम बढेको भन्दै भारतले ल्यायो नयाँ नियम

भारत जाने नेपाली र भुटानी नागरिकले यी दस्तावेज बोक्नैपर्ने
































प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ७ : ५२ बजे

ईश्वर पोखरेलको फरक मतः विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् (पूर्णपाठ)

काठमाडाैं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको फरक

ओलीसहितलाई एमाले काठमाडौंका अध्यक्षको म्यासेज : विद्यालाई पाखा लगाए मिसन ०८४ सपना मात्रै

काठमाडौं – नेकपा (एमाले)का काठमाडाैं जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौं आइपुगे

काठमाडौं – संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अदूरदर्शी र प्रतिगमनकारी : डा. भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल बन्द

चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : अध्यक्ष यादव

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले