आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो | Khabarhub Khabarhub

आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिएका छन् ।

तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण–दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपार सम्भावना र तत्कालका आवश्यकताको परिपूर्तिका लागि यी मुलुकबिच ज्ञान आदानप्रदानसहित मापनयोग्य परिणाम हासिलका लागि दिगो स्रोत परिचालनमा जोड दिए ।

एकता, पारस्परिक सम्मान र साझा स्वामित्वमा आधारित, दक्षिण–दक्षिण सहयोगले एलएलडिसीको अद्वितीय आवश्यकता र आकाङ्क्षा अनुरूप आपसी सिकाइ, क्षमता विकास र प्रविधि हस्तान्तरणलाई बढावा लिने उनले बताए ।

उनले लचिलो भौतिक र डिजिटल पूर्वाधारमा लगानी गरेर क्षेत्रीय एकीकरणलाई प्रवर्द्धन गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगलाई उपयोग गर्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशकबीच भेटवार्ता

‘जनचाहनाअनुसार विकास आयोजनाहरू समयमै सक्ने गरि काम गर्नुस्’

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

अनलाइन सञ्चारमाध्यम दर्ताको नयाँ व्यवस्था स्वीकारेर अघि बढौँ : सञ्चार मन्त्री

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने

सत्ता पक्षकै सांसद छैनन् सरकारसँग सन्तुष्ट
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको शक्तिशाली सरकारले एक वर्ष पूरा भइसक्दा पनि परिणाममुखी काम हुन नसकेको भन्दै जनस्तरमा देखिएको असन्तुष्टि संसद्सम्मै पुगेको छ ।

दुईतिहाइ नजिकको सरकार भएर पनि भ्रष्टाचार नियन्त्रण र सुशानमा चुकेको आरोप लागिरहेको छ । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले त सुशासनकै मुद्दालाई लिएर दुई महिनायता संसद्मा निरन्तर विरोध गरिरहेका छन् ।

तै पनि सरकारले आफ्नो प्रभावकारिता बढाउन ठोस पहल गरिहेको छैन । सरकारको त्यही सुस्ततामाथि बुधबारको संसद् बैठकमा सत्ता पक्षकै सांसदले पनि प्रश्न उठाए । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरू सरकारप्रति आक्रामक हुनु स्वभाविक थियो तर सत्तापक्षीयले पनि मौनता तोडदै प्रश्न गरेका छन् ।

उनीहरूले सरकारमाथि संविधान संशोधनका लागि औपचारिक पहल नगरेकोदेखि सहकारी ठगी प्रकरणमा फरार गितेन्द्रबाबु ९जीबी० राईलाई पक्राउ गर्न नसकेको आरोपसमेत लगाएका छन् ।

बैठकमा १५ मिनेट समय पाएका नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपाली कांग्रेससँग सत्ता समीकरणका लागि भएको सहमतिको मुख्य एजेन्डालाई सरकारले अघि बढाउन नसकेको टिप्पणी गरे ।

सत्ता पक्षकै सांसद छैनन् सरकारसँग सन्तुष्ट

रास्वपाविरुद्ध कांग्रेस महामन्त्री शर्माको कटाक्ष – आफूभित्रका कमजोरीविरुद्ध पनि बोल्नुस्

गोकुल बास्कोटाले भने- सरकारकै कमजोरीले देशमा नवउदारवादी र प्रतिक्रियावादीले खेल्न खोजे

गोकुल बास्कोटाले संसद्‍बाट सोधे- संविधान संशोधन प्रक्रिया कहाँ पुग्यो ?

हस्ताक्षर अभियानबारे प्रश्न उठाउँदै विश्वप्रकाशले भने : अदालतले रवि निर्दोष छैनन् भनेर जेल पठाएको हो

‘कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले रामहरिलाई भन्यो- राजीनामा दिनुस्

संसद्‌मा राप्रपाको नारा- भ्रष्टाचारी सरकार मुर्दावाद !

सुभास नेम्वाङलाई सम्झिँदै राप्रपा सांसदको गुनासो- सभामुखले भेदभाव गर्नुभयो 

कानूनमन्त्रीको जवाफ- समाजलाई नकारात्मक असर पार्ने विधेयक सदनमा पेस हुँदैन 

प्रतिपक्षी दलहरूको निष्कर्ष- आयोगको स्वमूल्यांकन कार्यविधि एमालेको इच्छाअनुसार आयो, संयुक्त प्रतिवादमा उत्रिने
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बसेको विभिन्न दलको बैठकले निर्वाचन आयोगको ‘राजनीतिक दलहरूको स्वमूल्यांकनसम्बन्धी कार्यविधि’ संविधान र कानुनको मर्मविपरीत रहेको निचोड निकालेको छ।

सत्तारूढ कांग्रेस र प्रमुख विपक्षी एमालेबाहेकका दलहरूको सहभागी बैठकमा निर्वाचन आयोगले उक्त कार्यविधि एमालेको चहाना र इच्छाअनुसार ल्याएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो ।

नेताहरूले आयोगको हालैको गतिविधि दलहरूको अधिकारमाथि हस्तक्षेप, असंवैधानिक अभ्यास थाल्ने र साना तथा वैकल्पिक दलहरूलाई निष्क्रिय बनाउने नियतले अघि बढिरहेको पनि ठहर गरेका छन् ।

माओवादी उपमहासचिव वर्षमान पुनले बैठकपछि भनेका छन्, ‘निर्वाचन आयोगले ल्याएको कार्यविधि संविधान र कानुनको परिधिबाहिरको हो भन्ने निष्कर्ष निकाल्यौँ । यस कार्यविधिले कांग्रेस र एमाले बाहेकका दलहरूलाई कमजोर पार्ने षड्यन्त्र देखिन्छ।’

छुट्टै केन्द्र बनाउन खोजेपछि विप्लवलाई फकाउँदै माओवादी, नारायणकाजीले गरे एक घण्टा संवाद

प्रचण्डको दाबी : केपी ओलीले एमसीसीको एक अक्षर पनि फेर्न नमानेपछि व्याख्यात्मक टिप्पणीको बाटो रोज्यौँ

व्याख्यात्मक टिप्पणीसहित अनुमोदन नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो : अध्यक्ष प्रचण्ड

देव गुरुङले भने- विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुन्छ

प्रभु साहले भने- संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको छ

राजनीति गर्ने थलो र भत्ता पचाउने मेलो नबनाऊ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रेडियोलोजिस्ट चिकित्सकको अभावप्रति कडा आक्रोश व्यक्त गर्दै प्रतिष्ठानको नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्।

जुम्लाबाट प्रतिनिधिसभा सदस्य समेत रहेका शाहीले वार्षिक ५० करोड रुपैयाँ बजेट प्राप्त हुँदा पनि रेडियोलोजिस्ट जस्तो अत्यावश्यक चिकित्सक नराखिएको भन्दै उनले यो जुम्ला र समग्र कर्णालीको अपमान भएको बताएका छन् ।

शाहीले सामाजिक सञ्जालमार्फत प्रतिष्ठानका कार्यवाहक उपकुलपति र रजिस्ट्रारको वार्षिक ५० लाख तलब र अनावश्यक कार्यकर्ता भर्तीमा करोडौँ खर्च भएको जनाएका छन् ।

सेवाग्राही खोज्दै राजधानी पुगे वडाका जनप्रतिनिधि !

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

उफ् ! काठमाडौंमा धुवाँ (तस्बिरहरू)

खाद्यान्नमा कोशी आत्मनिर्भर, ११ लाख ८२ हजार मेट्रिक टन वर्षे धान उत्पादन

राजनीति नाफा-घाटाको व्यापार होइन : मुख्यमन्त्री बानियाँ

जंगली हात्ती दिउँसै बस्तीमा पसेपछि स्थानीय त्रसित

रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ परे अदालबाट दोषी ठहर अर्थराज

ताप्लेजुङको लामपोखरी पर्यटकको पर्खाइमा

अनुदानलाई निरन्तरता नदिए भदौदेखि आन्दोलन थाल्ने उखु किसानको चेतावनी 

हावाहुरीले मकैबालीमा क्षति हुँदा किसान चिन्तित

दिगो सहरी विकास र स्वच्छ ऊर्जाका लागि पोखरामा नगर ऊर्जा योजना

हिरोशिमामा आणविक बम विस्फोट भएको ८० वर्ष पूरा
संयुक्त राज्य अमेरिकाले हिरोशिमा शहरमा ८० वर्षअघि आणविक बम खसालेको थियो । सोही सन्दर्भमा बुधबार बिहान जापानमा मौन प्रार्थना गरिएको छ । बीबीसीका अनुसार बुधबारको समारोहमा जापानी प्रधानमन्त्री शिगेरु इशिबा, विश्वभरका अधिकारीहरू र हिरोशिमा शहरका मेयर काजुमी मात्सुई उपस्थित भए ।

मात्सुईले विश्वव्यापी रूपमा ‘सैन्य निर्माणतर्फ बढ्दो प्रवृत्ति‘ (र) राष्ट्रिय रक्षाको लागि आणविक हतियार आवश्यक छ भन्ने विचार’ विरुद्ध चेतावनी दिए । यो ‘इतिहासका त्रासदीहरूबाट अन्तर्राष्ट्रिय समुदायले सिक्नुपर्छ भन्ने पाठको स्पष्ट उपेक्षा’ भएको उनले बताए ।

हिरोशिमा र नागासाकीमा बम खसालियो । जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भयो । आणबिक बमको तत्काल विस्फोट, आगजनी र विकिरणजन्य रोगबाट दुई लाख बढी मानिसहरूले ज्यान गुमाएका थिए ।

हतियारको विरासतले आज पनि बाँचेकाहरूलाई सताइरहन्छ ‘मेरो बुबा विस्फोटबाट नराम्ररी जलेर दृष्टिविहीन हुनुभयो । उहाँको शरीरबाट छाला झुन्डिएको थियो । उहाँले मेरो हात पनि समात्न सक्नुभएन,’ हिरोशिमाबाट बाँचेका शिङ्गो नाइतोले बीबीसीसँगको कुराकानीमा भने, ‘उहाँ छ वर्षको हुनुहुन्थ्यो जब उहाँको शहरमा बम प्रहार भयो र उहाँका बुबा र दुई साना भाइबहिनीको मृत्यु भयो ।’

नाइतोले हिरोशिमाका विद्यार्थीहरूको समूहसँग आफ्नो कथा बाँड्दै आएका छन्, जसले उक्त त्रासदीका कारण आफ्ना सम्झनाहरूलाई कलामा परिणत गरिरहेका छन् । सन् २०२४ मा, आणविक बमबाट बचेका जापानी समूह निहोन हिडान्क्योले संसारलाई आणविक हतियारमुक्त गर्ने प्रयासको लागि नोबेल शान्ति पुरस्कार जिते ।

जब बेरोजगार युवाको खातामा यति धेरै पैसा आयो…

पोल्याण्डका नवनिर्वाचित राष्ट्रपति नावरोकीद्वारा सपथ ग्रहण

अमेरिकी राजदूत विटकफ रुसमा

अमेरिकी करवृद्धिको चेतावनीपछि भारतीय सुरक्षा प्रमुख मस्कोमा

गाजामा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु

अमेरिकामा नयाँ ‘भिसा पाइलट प्रोजेक्ट लन्च’ पर्यटक र व्यवसायीले १५ हजार डलरसम्म जम्मा गर्नुपर्ने

धराली गाउँ ३४ सेकेन्डमै तहसनहस, चार जनाको शव भेटियो, भारतीय सेनाका १० सहित ५० बढी अझै बेपत्ता

उत्तराखण्डको धरालीमा बाढी : करिब एकसय जना बेपत्ता, खोजी कार्य जारी

इजरायलले गाजा कब्जाको प्रयास गरे अमेरिकाले अवरोध नगर्ने

गाजा कब्जा गर्ने नेतान्याहुको प्रस्ताव सैन्य अधिकारीबाट अस्वीकार


























प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ८ : ०० बजे

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी

करेन्ट लागेर एक जनाको मृत्यु

भीमफेदी – मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित सङ्घर्ष समितिले बुझायो ज्ञापनपत्र

सप्तरी – सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको