एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा
नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको देखिएको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने अधिकारमा प्रतिबन्ध लागेको छ। महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतलाई कार्यसूचीबाटै हटाइदिएका हुन्। फरक मत राख्न करिब ३० मिनेटसम्म हलमा उभिएका थापालाई ओलीले बोल्नै नदिएका हुन् ।

थापाले महाधिवेशनका लागि ३२ पृष्ठ लामो फरक मत तयार पारेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरेका थिए। पार्टी कार्यालयमा दर्ता भएको प्रतिवेदन ओलीले प्रस्तुत गर्न रोक लगाएका हुन्।
थापाले एमालेको आन्तरिक लोकतन्त्र, सङ्गठनात्मक प्रणालीमा देखिएका समस्या र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निरन्तरताको विषयलाई फरक मतको मुख्य एजेन्डा बनाएका थिए खोजेका थिए।
विद्या भण्डारीबारे देउवा : राजनीतिमा फर्किन संविधानले रोकेको छैन
एमाले विधान महाधिवेशन : आज प्रतिवेदनमाथि १० समूहमा छलफल
एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवेदनमा समूहगत छलफल
एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी
योगेश भट्टराईको संयोजकत्वमा समसामयिक राजनीतिक प्रस्ताव लेखन समिति गठन
यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो : प्रचण्ड
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई बिचौलियाको धाक र धम्कीबाट बनेको टिप्पणी गरेका छन् । नेपाल उद्योग व्यापार महासंघले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रममा उनले बिचौलियाको धाक र धम्कीबाट वर्तमान सरकार बनेको टिप्पणी गरेका हुन् ।

‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको आलोचना गरे । ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्,’ उनले भने, ‘हामी त्यसको वैकल्पिक शक्ति हौँ ।’
माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको दाबी गर्दै प्रचण्डले भने, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौँ । ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको पनि बताए ।
गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई
‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ’
व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : गगन थापा
एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ : सभामुख घिमिरे
चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव
दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
नेकपा(एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घन्टा ढिला सुरु भएको छ ।
बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेको भन्दै अध्यक्ष ओलीले दुःख व्यक्त गरे ।

‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् । तर भइदियो । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन बिलम्ब हुन गयो’, अध्यक्ष ओलीले भने ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले सातदोबाटोबाट गोदावरी जाने क्रममा ११ वर्षीय बालकलाई ठक्कर दिएको हो ।
निजामती कर्मचारी स्थायी सरकार हो : गृहमन्त्री लेखक
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
एमाले समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा योगेश भट्टराई
सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप
राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण, तीनवटा निर्माणको अन्तिम चरणमा
म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलव आठ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । १११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्माणको अन्तिम चरणमा छन् ।
तुँदीपावर कम्पनीले निर्माण गरेको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जा लिमिटेडको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेका हुन् ।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको हो । डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना निर्माण पूरा नभएकाले उत्पादित विद्युत् खेर जान नदिन अस्थायी संरचनामार्फत राष्ट्रिय प्रणालीमा जोडिएको तुँदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए।
बन्दीदेखि चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युत्गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् । चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन् ।
नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ
फापरखेतीमा कृषकको आकर्षण बढ्दो
अझै पुनःस्थापना हुन बाँकी छन् मुक्त हलिया
जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति
बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन
भक्तपुरमा आजदेखि इन्द्र जात्रा
आक्रमणअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन
इजरायली सेनाले गाजा सहरका बासिन्दाहरूलाई शनिबार योजनाबद्ध आक्रमणअघि यस क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय–सीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ । घोषणालाई आत्मसात गरी मानवीय क्षेत्रबाट चाँडै सर्न सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् निर्देशन दिएका हुन् ।
गाजाको दक्षिणी तटमा रहेको अल–मवासीमा खाना, शिविर, औषधि र चिकित्सा उपकरणको निरन्तर आपूर्तिको साथै घुम्ती अस्पताल, पानी लगायतका सुविधाहरु भएको सेनाले बताएको छ ।

अल–मवासीमा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा राहत सहयोगका प्रयासहरू निरन्तर जारी रहनेसमेत जनाइएको छ । सुरुवाती समयमा इजरायलले अल–मवासीलाई सुरक्षित क्षेत्र घोषणा गरेको थियो, तर नागरिकहरूबिच लुकेका हमास लडाकुहरूलाई लक्षित गरेको भन्दै हाल त्यहाँ बारम्बार आक्रमण गरिरहेको छ ।
सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु
थाइल्याण्डका भावी प्रधानमन्त्रीद्वारा नयाँ चुनावी प्रतिबद्धता
चिनियाँ नियामक निकायका पूर्वप्रमुखलाई भ्रष्टाचारको अभियोग
अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ
दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा
प्रतिक्रिया