संसद् छलेर अध्यादेशको बाटोमा ओली
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कानून निर्माणकै लागि बोलाइने ‘विधेयक अधिवेशन’ अर्थात् संसदको हिउँदे अधिवेशन अहिलेसम्म बोलाएको छैन ।
पुसको दोस्रो साताभित्रै बोलाउनुपर्ने विधेयक अधिवेशन रोकेर मन्त्रिपरिषदले शुक्रबार विभिन्न कानून संशोधन गर्नेगरी अध्यादेश ल्याएको चर्चा छ । ती अध्यादेश आइतबारसम्म राष्ट्रपतिकहाँ पुगेका छैनन् ।
सरकारले सदन नचलाएर अध्यादेश ल्याउन लागेकोप्रति प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जसपा लगायतले विरोध जनाएका छन् । सरकारमै रहेको नेपाली कांग्रेसकै कतिपय नेता पनि अध्यादेश ल्याउने सरकारको तयारीप्रति असन्तुष्ट देखिइन्छन् ।
शुक्रबार राति अबेरसम्म मन्त्रिपरिषद् बैठक बसेको थियो । अध्यादेशबारे छलफलका लागि प्रधानमन्त्री
संसद् बन्धक बनाएर सरकार अध्यादेशमा चल्दा स्थायित्व हुँदैन : एनपी साउद
सत्ता गठबन्धन फेरिने हल्ला मात्रै, तत्काल तलमाथि हुँदैन : लेखराज भट्ट
प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिकहाँ पठायो तीन अध्यादेश
सरकारले शुक्रबारको मन्त्रिपरिषद्वारा पारित तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलकहाँ प्रमाणीकरणका लागि पठाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार ती अध्यादेश राष्ट्रपति पौडेलकहाँ प्रमाणीकरणका लागि पठाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार मन्त्रिपरिषद् बैठकले पारित गरेका तीनवटा अध्यादेशमा १४ देखि १५ वटा कानुन संशोधन गर्न लागिएको छ ।
कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह
सबै निकाय र राजनीतिक दलले सूचना हक कार्यान्वयन गर्नुपर्नेमा जोड
सूचनाको हक लोकतन्त्रको आधार हो : प्रदीप ज्ञवाली
स्कोर्पियो चढेर आएका रविलाई भ्यानमा हालेर प्रहरीले लग्यो हिरासत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान कार्यालय खुल्नुअघि नै जिल्ला अदालत काठमाडौं पुगिसकेका थिए ।
केही सहयोगीसहित स्कोर्पियो चढेर रवि बबरहमहलस्थित जिल्ला अदालत परिसर पुगेका थिए ।
कलंकीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी अभियोगमा मु्द्दा दर्ता भएपछि उनी बिहबार पोखराबाट छुटेपछि आइतबार काठमाडौं जिल्ला अदालतमा बयानका लागि हाजिर भएका थिए ।
बिहान अदालत परिसरमा झुल्किँदा उनी मुस्कुराउँदै स्कोर्पियोबाट झरे । त्यसपछि उनले इजलासभित्र छिर्नुअघि अदालतको गेटमा समर्थक र पत्रकारलाई हात हल्लाउन भ्याए ।
रविको थुनछेक बहस सोमबार ११ बजेदेखि, पुर्पक्षको टुंगो नहुन्जेल हिरासतमै रहने
रविको मुद्दा हेर्दाहेर्दैमा, अदालतले लगायो प्रहरीको जिम्मा
महान्यायाधिवक्ता कार्यालयले हासिल गर्यो ६८.२७ प्रतिशत मुद्दामा सफलता
काठमाडौं अदालतमा रविको बयान सकियो, अब थुनछेक बहस हुने
सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा
कुलमानको स्पष्टीकरण सिंहदरबारमा, हटाएर देखाउन मन्त्री खड्कालाई चुनौती
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ सिंहदरबारमा पठाइदिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङसँग पुस २२ गते आठ बूँदे स्पष्टीकरण सोधेका थिए । एक साता समय दिएर सोधिएको स्पष्टीकरणको जवाफ घिसिङले आइतबार मध्याह्न सिंहदरबारस्थित मन्त्रालयमा पठाइदिएका हुन् ।
मन्त्री खड्काले मुलुक लोडसेडिङमा रहेका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट निर्वाध बिजुली उपभोग गरेका, तर २३ अर्ब रुपैयाँभन्दा बढी प्रिमियम महसुल नतिरेका उद्योगी/व्यापारीको लबिइङमा घिसिङलाई स्पष्टीकरण सोधेका थिए ।
कुलमानले बुझाए ९ बुँदे स्पष्टीकरण (पत्रसहित)
सरकारले यसपटक भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउने
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
कलुवापुरमा खानेपानी समस्या हट्यो
वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला
बालेनको प्रश्न- स्थानीय सरकारका समस्या संघलाई नै भन्नुपरे प्रदेशको के काम ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले अधिकार लिन र दिन सक्ने प्रदेश चाहिएको बताएका छन् ।
आइतबार आफूलाई भेट्न पुगेको बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको कुराकानीमा मेयर शाहले अहिलेको अवस्थामा अधिकार लिने र दिने गरी प्रदेश सरकारले आभाष दिलाउन नसकेको बताए।
उनले भने, ‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभास हुन सकेन ।’
स्थानीय सरकारका समस्याहरू पनि संघ सरकारलाई नै भन्नुपर्ने हुँदा प्रदेश सरकारको आवश्यकता किन ? भन्दै मेयर शाहले प्रश्न गरे ।
पत्रकार महासंघको निष्कर्ष : धरानका मेयरले सामाजिक दूरी र द्वन्द्व बढाए
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पूर्वीचितवनको सिमसारमा ५५ प्रजातिका चरा भेटिए
उपचार अभावमा जीवनमरणको दोसाँधमा भीरबाट लडेकी विष्णुमाया
रुस-युक्रेन युद्ध: युक्रेनी सेनाले गिरफ्तार गरेका उत्तर कोरियाली सैनिकको उपचार हुँदै
दुई घाइते उत्तर कोरियाली सेनालाई रुसको र्कस्कमा गिरफ्तार गरिएको युक्रेनी राष्ट्रपति भ्लाडोमिर जेलेन्सकीले बताएका छन्। जेलेन्सकीका अनुसार किभमा रहेर उनीहरू अति आवश्यक उपचार लिइरहेका छन्। उनले उत्तर कोरियालीलाई पक्रने युक्रेनी प्यारा ट्रपर तथा विशेष दस्ताप्रति आभार व्यक्त गरेका छन्।
जेलेन्सकीले युद्धमा उत्तर कोरियाली सेनाको उपस्थिति नभएको पुष्टि गर्नका लागि रुस र उत्तर कोरियाले सबै प्रमाण नष्ट गर्ने गरेको आरोप लगाए। युक्रेनी गुप्तचरले जनाए अनुसार ९ जनवरीका दिन गिरफ्तार गरिएका उनीहरूलाई किभमा राखेर जेनेभा महासन्धिको मापदण्ड अनुसार उपचार गराइएको छ।
ती दुवै जना युक्रेनी, रुसी र अङ्ग्रेजी भाषा बोल्न सक्दैनन्। यसै कारण उनीहरूसँग सम्पर्क गर्नका लागि दक्षिण कोरियाबाट दोभासे झिकाइएको छ।
जेलेन्सकीले उपचारपछि उनीहरूको सञ्चारकर्मीसँग सम्पर्क गराउनु आवश्यक रहेको बताएका छन्। अहिले संसारले नै तथ्य थाहा पाउन चाहेकाले उनीहरूसँगको सम्पर्क अनिवार्य रहेको जनाइएको छ।
लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह
क्यालिफोर्नियामा आगलागी : ज्यान गुमाउनेको संख्या १६ पुग्यो, क्षति अझै बढ्ने
ट्रम्पको सपथ ग्रहणमा भारती विदेश मन्त्री जयशंकरले भाग लिने
कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिइएको युक्रेनको दाबी
पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर : शेहबाज शरीफ
प्रतिक्रिया